×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइजमा फेरि सुरु भयो ‘लफडा’ : सीइओको कार्य क्षमतालाई लिएर बोर्डमा टसल, २ संचालकले शर्माको राजिनामा मागे !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

सनराइजमा फेरि सुरु भयो ‘लफडा’ : सीइओको कार्य क्षमतालाई लिएर बोर्डमा टसल, २ संचालकले शर्माको राजिनामा मागे !

काठमाडौँ । यसअघि व्यवस्थापन र संचालक समितिबीच टसल छताछुल्ल भएको भएको सनराइज बैंकमा पुन: सीइओ सुमन शर्माको कार्यक्षमतालाई लिएर व्यवस्थापन र बोर्डबीच टसल सुरु भएको छ ।  संचालक समितिका सदस्यहरुमध्ये २ संचालकले सुमन शर्माको राजिनामा माग गरेपछि बोर्डमा टसल सुरु भएको हो । राजिनामा मागेकामध्येका एक संचालकले अर्थ सरोकारलाई दिएको जानकारीअनुसार जनक शर्माको जति पनि काम गर्न नसकेको भन्दै सुमन शर्माको राजिनामा मागिएको हो ।
‘जनक शर्माले काम गर्न सकेनन् भनेर उनलाई अनेक बखेडा झिकेर निकालियो । अहिले सुमन शर्मालेचाहिं के गरे त ? भन्ने प्रश्न बोर्डमा उठ्यो । हामी दुई जनाले शर्माले राजिनामा दिनुपर्ने माग गर्यौँ ।’ ती संचालकले भने, ‘राष्ट्र बैंकले मर्जरका  लागि ताकेता गरेको गर्यै छ । बैंकको केहि प्रगति हुन सकेको देखिएन । अझ केहि फाइलहरु थप बिग्रिएको देखियो । अस्तित्व नै सकिएलाजस्तो भयो । नबिलसँग मर्जरमा पनि जान पाइएन, अरु बैंक चित्त नै बुझेको छैन । यहि बेला सीइओको पर्फर्मेन्स एकदम कमजोर देखियो । बैंक छोड्नुस भनेर घुमाउरो पारामा सीइओलाई कतिपटक भनियो तर सीइओ छोड्दैनन् । हद भएपछि बोर्डमै यो कुरा राखिएको छ ।’ ती संचालकले अर्थ सरोकारसँग भने ।
उनका अनुसार बैंकको कमजोर पर्फर्मेन्सकै कारण नियामक राष्ट्र बैंकले पनि पटक-पटक मर्जरका लागि दबाब दिईरहेको छ । ‘यसअघि संचालक र व्यवस्थापनबीच टसल हुँदा पनि राष्ट्र बैंकले मर्जरमा जान ताकेता गरेको थियो । अहिले पनि झगडा सुरु भयो भन्ने थाहा पाएपछि राष्ट्र बैंकले मर्जरका लागि ताकेता गरिरहेको छ । बोर्डमा खासै सुमुधुर सम्बन्ध नै भएन हाम्रो । बैंकको स्थिति ठिक छैन ।’ उनले भने ।
राष्ट्र बैंक स्रोतको दाबी- ‘हो ! हामीले मर्जरका लागि ताकेता गरेकै हो’
यता राष्ट्र बैंकले पनि सनराइज बैंकलाई मर्जरका लागि ताकेता गरेको स्वीकारेको छ । ‘कुमारी, एनसीसी, र सनराइजलाई मर्जरका लागि भनिरहेका छौं । एनसीसी मर्जरमा जाने निश्चितप्राय: छ । कुमारी मर्जरमा नजाने बरु आफैं राम्रो गर्ने भन्ने मुडमा छ जस्तो देखिएको छ । तर सनराइजसँग कुनै पनि विकल्प छैन । सनराइजले न आफुले प्रगति गर्न सकेको देखियो, न अरु कुनै राम्रो बैंकले आँखा लगाएको देखियो । मर्जर गरौँ न त भन्दा पनि सनराइजले दिनै नसक्नेगरी स्वाप रेसियो मागेको देखियो । त्यसैले हामीले मर्जरका लागि ताकेता गरेको सत्य हो।’ राष्ट्र बैंक स्रोतले भन्यो । राष्ट्र बैंकका ती अधिकारीका अनुसार यहि साता पनि सनराइजलाई राष्ट्र बैंकले मर्जरका लागि ताकेता गरेको छ । ‘हामीले कुमारी, एनसीसी र सनराइजलाई मर्जरका बारेमा सम्झाएका हौँ । पुषसम्म मर्जरमा जानेगरी अघि बढ्नु भनेका छौं।  उहाँहरुले पनि ‘हुन्छ’ भन्नुभएको छ ।’
सीइओ भन्छन्- ‘म लफडा गरेर बस्ने खालको मान्छे होइन’
यता सनराइज बैंकका सीइओ सुमन शर्माले भने आफु लफडा गरेर बस्ने मान्छे नभएको र आफ्नो राजिनामा कसैले मागेको कुरा आफुलाई थाहा नभएको दाबी गरेका छन् । लामो प्रयासपछि अर्थ सरोकारको सम्पर्कमा आएका उनले संचालकहरुले आफ्नो राजिनामा मागेको भन्ने विषय आफुलाई थाहा नभएकोसमेत जिकिर गरेका छन् । ‘मलाई मेरो राजिनामा मागेको विषय थाहा छैन । म लफडा गरेर बस्ने मान्छे पनि होइन । म आएको डेढ बर्ष भयो, र डेढ बर्षमा मैले बैंकलाई कस्तो ग्रोथ दिएको छु भन्ने मलाई राम्रोसँग थाहा छ । कसैले राजिनामा मागेर पनि म सीइओको कुर्सीमा टाँसीएर बस्नुपर्ने मान्छे पनि होइन । त्यसैले को संचालकले के नियतका साथ तपाईंलाई किन यस्तो भने, त्यो म जान्दिन, तर बोर्डमा कुनै पनि खालको टसल भएको जानकारी मलाई छैन । पहिलाको जस्तो झगडा गरेछन् भने म त्यस्तो झगडा हेरेर पनि बस्दिन, बस्नुपर्ने खालको मान्छे पनि म होइन ।’
उनले आफुले राम्रो काम गरेकाले आफ्नो लयमा आफुलाई विश्वास भएकोसमेत दाबी गरेका छन् । ‘मैले कति काम गरेको छु, त्यो मलाई राम्रोसँग थाहा छ । अव कुन संचालकलाई मेरो कुन काम मन परेन भन्ने कुरा मलाई थाहा छैन । थाहा पाएको दिन म कुर्सीमा बस्ने खालको मान्छे पनि होइन ।’ उनले बाहिर चलेका हल्लाहरु हल्लामात्र भएको दाबीसमेत गरेका छन् । ‘बाहिर हल्ला चलेजस्तो केहि समस्या बैंकभित्र छैन । सबै कुरा सौहार्द वातावरणमा अगाडी बढीरहेको छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: