×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीको करोडौं रकम हिनामिना गरेको आरोपमा सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल पक्राउ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

सहकारीको करोडौं रकम हिनामिना गरेको आरोपमा सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल पक्राउ !

काठमाडौँ । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल पक्राउ परेका छन् । सहकारीको करोडौं रकम हिनामिना गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । काठमाण्डौको कलंकीमा रहेको शाश्वत सहकारीको झण्डै ३७ करोड रुपैयाँ हिनामिनामा संलग्न भई ५ करोड ३४ लाख रुपैयाँ अपचलन गरेको रहेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनी सो सहकारीका लेखा समिति संयोजकका रुपमा छन् । सहकारीमा रहेको बचत रकम हिनामिना गरेको भन्दै सो सहकारीका अध्यक्ष राजेन्द्र बस्नेत पुर्पक्षका लागि हाल थुनामा छन् ।
अर्याल सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष हुन् । अचम्मको कुरा त के छ भने, उनी पक्राउ परिसकेपछि सेयर लगानीकर्ता संघ नेपालसहित ३ सेयर लगानीकर्ता संगठनका नाममा जारी भएको विज्ञप्तिमा उनको हस्ताक्षर छ । यस विषयमा बुझ्न सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेललाई सम्पर्क गर्न खोज्दा उनीलाई सम्पर्क हुन सकेन । यद्यपी सो लगानीकर्ता संघ निकट स्रोतका अनुसार भने फुल्लेलले नै अर्यालका नाममा बिज्ञप्ति निकाल्न संघका तर्फबाट लगानीकर्ताका अन्य संघहरुलाई मौखिक स्वीकृति दिएका थिए ।
उनी फरार अवस्थामै धितोपत्र बोर्ड परिसरमा लगानीकर्ताले सुरु गरेको आन्दोलनमा गएकोसमेत खुलेको छ । सहकारीका अध्यक्ष पक्राउ परेपछि उनी सेयर बजारका बारेमा पनि सार्वजनिक रुपमा बोल्न छोडेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: