×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेन शाहको नयाँ एक्सनले ठुला व्यवसायीहरु थुरुरु, कर नतिर्नेहरु तनावमा, अव के हुन्छ ? (भिडियो ब्लग)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

बालेन शाहको नयाँ एक्सनले ठुला व्यवसायीहरु थुरुरु, कर नतिर्नेहरु तनावमा, अव के हुन्छ ? (भिडियो ब्लग)

एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा भनेजस्तै एउटा राम्रो नेताको कामले कति फरक पर्दो रहेछ महानगरमा । र यस्तै भईरहेको छ हाम्रो काठमाडौँमा पनि । बर्षौंदेखि केहि पनि काम नहुँदा अव त खै केहि पनि नहुने भो भनेर निराश भएका जनतालाई अवचाहिं साच्चै केहि हुने भो भन्ने भान हुनेगरी काम गरिरहेका छन्, हाम्रा मेयरले । हाम्रा मेयर, हाम्रो काठमाडौँका मेयर, जनताको मतमात्र होइन, जनताको मनसमेत जितेका मेयर । उनै मेयर बालेन्द्र शाह अर्थात हामी सबैका बालेन ।

हो, बालेन्द्र शाह काठमाडौँको मेयर भएको धेरै भएको छैन । तर उनै मेयरले परिवर्तनको बिगुलमात्र फुकेका छैनन्, बरु काम गरेरै नतिजासमेत देखाईसकेका छन् । अवैध रुपमा बनेका संरचना भत्काउनेमात्र होइन, बर्षौंसम्म कर नतिरेकाहरुलाई ठाउँको ठाउँ कारवाही गर्छु भन्ने उर्दी जारी गरेर कर असुल्नसमेत सफल भएका छन् मेयर शाह । जसको पछिल्लो उदाहरण काठमाडौँको फनपार्क पनि हो । पहिला कर नै तिर्नु नै छैन भन्ने फनपार्कले पछी कर तिर्यो । अहिले बालेन्द्र शाहले केहि क्यासिनो र केहि संस्थानहरुलाई पनि कर तिर्न ताकेता गरेका छन् । र जनताको विश्वास छ, मेयरले सो कर पक्कै उठाउनेछन् ।

पटकपटक ताकेता गर्दा पनि कर नतिरेकाहरुले यसपटक छुट पाउने छैनन् भन्ने विश्वास छ जनताको । हुन पनि कर नतिर्नेहरुलाई छोड्दिन भनेर स्वयम् बालेन्द्र शाह कारवाहीका लागि तयार भएर बसेका छन्। कानुन कसैलाई ठुलो र कसैलाई सानो हुँदैन भन्ने तथ्य प्रमाणित गर्न लागिपरेका बालेन्द्रको कामले तीनै कर नतिर्नेहरु अहिले थर्कमान भएका छन् ।

महानगरपालिकाका राजस्व विभाग प्रमुख शिवराज अधिकारीका अनुसार महानगरपालिकालाई कर नतिर्नेमा अधिकांश संस्थानहरू छन् । ती संस्थानहरुले सम्पत्ति करवापत महानगरलाई करिब ५० करोड रुपैयाँ बुझाउनुपर्ने देखिएको उनको भनाई छ । यसअघि महानगरलाई मतलव नै नगर्ने ती संस्थानहरु कर तिर्न तयार भएर पनि बसेका छन् । उनीहरुलाई कर तिर्नुपर्छ भन्ने पनि थाहा छ । र पनि कसैले बालेन्द्रलाई रोकी पो हाल्छन् कि, अनि कर नतिरे पनि हुन्छ कि भनेर उनीहरु बिरालोले मुसो ढुकेझैं ढुकीरहेका छन् । तर बालेन्द्र भनिरहेका छन्, कानुन भनेको सबैलाई समान हुनुपर्छ । कर तिर्न बाँकी रहेकाहरुले कर तिर्नुको कुनै विकल्प छैन ।

महानगरका अनुसार यसरी कर नतिर्नेमा खाद्यन्न संस्थान, विद्युत प्रधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, साझा भण्डार, राष्ट्रिय नाच घर, चेम्बर अफ कमर्श, लगायत छन् । अर्ध सरकारी निकायले महानगरपालिकालाई बर्षौंदेखि नै कर तिरेका छैनन् । यसअघिका मेयरले उनीहरुलाई राजनीतिक पहुँचकै आधारमा छुनसमेत सकेका थिएनन् । तर स्वतन्त्र हुनुको फाइदा भनौं वा बालेन्द्रको इक्षाशक्ति, अहिले बालेन्द्र तातेपछी २०४९/५०देखि नै कर नतिरेकाहरुलाई अव कर नतिरी नहुने भएको छ ।

अझ खास कुरा त के छ भने काठमाडौँले अरु छिमेकी पालिकाको तुलनामा आधाभन्दा कम सम्पत्ति कर लिने गरेको छ । महानगरले कूल भ्यालुएसनमा एक करोडको १ हजार, १० करोडसम्मको सम्पत्ति हुनेले १ लाख रुपैयाँसम्म कर तिर्नुपर्ने नियम छ । र पनि ठुला संस्थान भनिएकाहरुले नै बर्षौंदेखि महानगरलाई बुझाउनुपर्ने कर तिरेका छैनन् । काठमाडौं महानगरपालिकाका अनुसार महानगरले वार्षिक रुपमा ८५ करोड रुपैयाँ सम्पत्ति कर उठाउँछ भने व्यवसाय कर ४० करोड रुपैयाँ उठाउने गरेको छ । यस्तै विज्ञापन करबाट महानगरले ७ करोड उठाउने गरेको छ । तर सानाले कर तिरिरहने, अनि मै हुँ भन्ने ढाडस देखाएर कर नतिरिरहने संस्थानहरुले यसपटक भने कर नतिरी नहुने भएको छ । हुन त यसभन्दा अघि पनि महानगरले कर तिर्न ताकेता गरेको थियो विभिन्न संस्थानहरुलाई । तर हाम्रै पार्टीका मेयर त हुन् नि भन्ने शैलीमा संस्थानहरुले कर तिरेका थिएनन् । तर यसपाली त बालेन्द्र आएका छन् महानगरमा । कर नतिरी सुखै छैन कसैलाई पनि ।

महानगरले सबैभन्दा धेरै रकम घर बहाल करबाट उठाउँछ । अघिल्लो आर्थिक वर्ष मात्रै महानगरले बहाल करमार्फत दुई अर्ब ५ करोड रुपैयाँ उठाएको थियो । यसरी घर बहाल कर नतिर्ने वा छल्ने ठुला मान्छेहरु पनि छन् यो शहरमा। र सबलाई एक एक गरी तह लगाउँदैछन् मेयर बालेन्द्र शाहले । यो काम सुरु गरिसकेको छ महानगरले। र त हालसम्म बुझाउन बाँकी कर नतिरेको भन्दै महानगरले राजधानीभित्रका विभिन्न क्यासिनोलाई आगामी एक साताभित्र मनोरञ्जन कर तिर्न पत्राचार गरिसकेको छ। क्यासिनोहरु अहिले महानगरको पत्र आएपछि के गर्ने भन्ने विषयमा रनभुल्लमा परेका छन् । पार्टीको चाकडी गरौँ भने पार्टीको मान्छे नै होइनन् बालेन्द्र, बालेन्द्रलाई घुस खुवाउं भने बालेन्द्र शाह त्यो बर्गका मेयर नै होइनन् । अव त कर तिर्नुको विकल्प नै रहेन भन्दै उनीहरु अहिले तनावमा छन् ।

आइतबार तारे होटलमा सञ्चालित विभिन्न सातवटा क्यासिनोलाई पत्र पठाउँदै महानगरपालिकाले आगामी एक साताभित्र बक्यौता कर बुझाउन ताकेता गरेको छ । काठमाडांै महानगरपालिकाले होटल म्यारियटस्थित डेल्टिन क्यासिनो, होटल अन्नपूर्णस्थित क्यासिनो प्यालेस, होटल ¥याडिसनस्थित क्यासिनो ¥याड, होटल ह्यातस्थित प्राइड इन्टरनेसनल एन्ड रिक्रिएसन प्रालि, होटल सोल्टीस्थित माजोङ क्यासिनो र मल्ल होटलस्थित बेली क्यासिनोलाई एकसाताको अल्टिमेटम दिएर बक्यौता कर तिर्न भनेको छ । क्यासिनोहरूले गत चार वर्षदेखि त्यस्तो कर तिरेका छैनन्।

प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिमानासहित आगामी सात दिनभित्र नबुझाए महानगरको राजस्व ऐनअनुसार कारबाही हुने चेतावनी महानगरपालिकाले सम्बन्धित क्यासिनोलाई दिएको छ । महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार यी सबै क्यासिनोहरूले मनोरञ्जन कर शीर्षकमा प्रतिव्यक्ति प्रवेशबापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ । बाग्मती प्रदेशको आर्थिक ऐनअनुसार उठेको यस्तो राजस्वको ६० प्रतिशत काठमाडौं महानगरपालिका र ४० प्रतिशत प्रदेश सरकारलाई दाखिला गर्नुपर्छ । यसरी करोडौं रकम महानगरलाई क्यासिनोहरुले बुझाउन बाँकी छ ।

यसो त महानगरमा मेयर बालेन्द्र शाहलाई कुलमान नेतृत्वको विद्युत प्राधिकरणले सहयोग गरेको छ र कर तिर्ने जनाएको छ । बाहिर जे जस्तो विवादजस्तो देखिए पनि खासामा विद्युत प्राधिकरणले कर तिर्छु भनेको छ ।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं महानगरको चेतावनीपछि बक्यौता १५ करोड कर तिर्न पत्र पठाएको छ ।
हाल प्राधिकरणले आफ्नो स्वामित्वमा रहेको विभिन्न ठाउँको जग्गाको लालपुर्जाको प्रतिलिपि पठाउँदै आफूले तिर्नुपर्ने सम्पत्ति कर यकिन गर्न महानगरको राजस्व विभागलाई आग्रह गरेको छ । महानगरको राजस्व विभाग प्रमुख अधिकारीले प्राधिकरणले तिर्नुपर्ने सम्पत्ति करको हिसाब भइरहेको जानकारी दिएका छन् । र यस्तो हिसाब लगभग १५ करोड देखिएको छ ।

यसो र महानगरलाई केहि संस्थाहरुले नियमित कर तिर्दै आएका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल टेलिकम, नेपाल बैंकलगायतका संस्थाले भने महानगरलाई नियमित कर तिरिरहेको रेकर्ड महानगरमा छ । अनि कसैले कर तिर्ने, कसैले कर नतिरे पनि हुने भन्ने विषय त सोच्ने विषय नै होइन । यो त पहिला कर लेउ भन्ने, नदिए कारवाही गरिहाल्ने विषय हो ।महानगरका मेयर बालेन्द्र शाहले जे गरेका छन्, वा गरिरहेका छन्, त्यो गज्जबको काम छ । र त जनजन भनिरहेका छन्- अघि बढ बालेन, जनता तिम्रो साथमा छन्।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: