×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आशा लघुवित्तको ५१ हजार संस्थापक सेयर बिक्री खुला, न्युनतम मूल्य कती ?

PRIME CA

आशा लघुवित्तको ५१ हजार संस्थापक सेयर बिक्री खुला, न्युनतम मूल्य कती ?

५ आश्विन २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । आशा लघुवित्त वित्तिय संस्थाले संस्थापक समुहको सेयर बिक्री खुला गरेको छ । कम्पनीले आज असोज ५ गते बुधबारदेखि आफ्नो स्वामित्वमा रहेको ५१ हजार ९ सय ९० कित्ता संस्थापक सेयर  बिक्रीमा ल्याएको हो ।

उक्त संथापक सेयरमा लघुवित्तले प्रतिकित्ता न्युनतम मूल्य ३ सय ९५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले ३ सय ९५ रुपैयाँलाई आधार मानेर  सो वा सो भन्दा बढी मूल्य बोलकबोल गरी आवेदन पेश गर्न सक्नेछन् ।

संस्थापक सेयरमा इछुच्क लगानीकर्ताले असोज १३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्युनतम ६ हजार कित्ता देखि सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनु पर्ने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: