×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धितोपत्र बोर्डले स्वीकृत गर्यो एपीआई पोलिसी, नेप्से झनै धनी बन्ने, सेवा प्रदायकमाथि लाग्ने ‘चोरीको बात’ हट्ने !

काठमाडौं । नेपाल धितोपत्र बोर्डले  एपीआई पोलिसी स्वीकृत गरेको छ । नेप्सेको संचालक समितिले पास गरेर पठाएको सो कार्यविधि बोर्डले पास गरेको हो । अव नेप्सेलाई तथ्यांक विक्रीका लागि बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि (एपीआई पोलिसी) स्वीकृत गरेसँगै नेप्सेले अव विभिन्न खालका तथ्यांक विक्री गर्नेछ । तथ्यांक विक्री गरेर नेप्सेले बार्षिक मोटो रकम सेवा प्रदायकहरुबाट उठाउनेछ ।

नेप्सेले २०७७ पुस १० मा सूचना जारी गरी ‘नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि २०७७’ लागू गरेको थियो । त्यसबेला नेप्सेले तथ्यांक प्रयोगकर्तासँग मनपरी रकम शुल्क उठाएको भन्दै विवाद भएपछि  नेप्सेले कार्यविधि लागू गर्न सेकेको थिएन । पछि नेप्सेले पुन: कार्यविधिमा केहि संसोधन गरेर धितोपत्र बोर्ड पठाएको थियो । र अन्तत: बोर्डले सो कार्यविधि पास गरेको छ ।

कार्यविधिमा तथ्यांक उपयोगका आधारमा इन्भेस्टमेन्ट कम्पनी, विश्लेषक, सञ्चार माध्यम, व्यापारिक, शैक्षिक तथा अनुसन्धानात्मक संस्थालगायतले नेप्सेको तथ्यांक प्रयोग गर्न पाउनेछन् । तथ्यांक प्रयोग गर्नका लागि भने तोकिए अनुसारको शुल्क नेप्सेलाई मासिक रूपमा तिर्नुपर्छ । यद्यपी यस्तो शुल्क भने हाललाई नयाँ सेवा प्रदायकलाई बजारमा आउन नै नदिनेगरी तोकिएको छ । नेप्सेले तोकेको शुल्क सार्है महँगो छ । अव पैसा तिर्न पनि नसक्ने र नतिरी सेवा पनि दिन नमिल्ने हुनाले धेरै सेवा प्रदायकहरु बजारबाट आउट हुने देखिन्छ ।

हाल इन्भेस्टमेन्ट कम्पनी, विश्लेषक, सञ्चार माध्यम, व्यापारिक, शैक्षिक तथा अनुसन्धानात्मक संस्थालगायतले नेप्सेको तथ्यांक प्रयोग गर्दै आएका थिए । तथ्यांकसम्बन्धि विभिन्न खालका प्लेटफर्म आउने क्रम पनि बाढीझैं भएको थियो । तर नेप्सेको चर्को शुल्कका कारण अव धेरै नयाँ सेवा प्रदायकहरु बजारमा आउने नै नसक्ने स्थिति छ । केहि संचारमाध्यम, इन्भेष्टमेन्ट कम्पनीहरु भने यो कार्यविविधिबाट लाभान्वित हुने देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: