×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याजदरमाथि हस्तक्षेप गर्ने संकेत गर्दै अर्थमन्त्रीले यसो भने, गोल्छाको तर्क, ‘यस्तो संकट देखेकै थिइन’ (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार

PRIME CA
laxmi sunrise bank

ब्याजदरमाथि हस्तक्षेप गर्ने संकेत गर्दै अर्थमन्त्रीले यसो भने, गोल्छाको तर्क, ‘यस्तो संकट देखेकै थिइन’ (भिडियो)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हालको बैंक ब्याजदर उत्पादनमुखी नभएको बताएका छन् । बिहीबार नाडो इभी शोको उद्धघाटन् कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हालको बैंक ब्याजदरमा गरिएको वृद्धि अनावश्यक भएको आशय प्रस्तुत गरेका हुन् ।

‘जुन देशमा बैंकमा पैसा राखेर १५ प्रतिशतसम्म आम्दानी लिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला ?’, अर्थमन्त्री शर्माले भने, ‘समस्याको समाधान ब्याज वृद्धि होइन । यो विषयमा पनि गम्भीर किसिमको निष्कर्ष निकालिने छ । यसमा केही न केही हल आवश्यक छ ।’ शर्माले उत्पादनमा जोड दिए मात्रै देशको समृद्धि सम्भव भएको बताउँदै यसमा सरकारले छिट्टै केही निर्णय गर्ने बताएका छन् ।

त्यस्तै सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको आर्थिक संकट चरम बिन्दुमा पुगेको बताएका छन् । ‘देशमा अहिले देखा परेको आर्थिक संकट चिन्ताको विषय हो’, उनले भनेका छन् -‘मैले आफ्नो जीवनकालमा अहिलेको जस्तो आर्थिक संकट यसभन्दा अघि कहिल्यै देखेको थिईन ।’ त्यस्तै अध्यक्ष गोल्छाले यो संकट देशको समृद्धिका लागि ठूलो चुनौति साबित हुने आशय समेत प्रस्तुत गरेका छन् । बाँकी भिडियोमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: