×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारको होसियारीले मुलुक श्रीलंका हुनबाट जोगियो, चाडपर्वमा रेमिट्यान्स बढेसँगै अर्थतन्त्र बलियो बन्दैछ’ -अर्थमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘सरकारको होसियारीले मुलुक श्रीलंका हुनबाट जोगियो, चाडपर्वमा रेमिट्यान्स बढेसँगै अर्थतन्त्र बलियो बन्दैछ’ -अर्थमन्त्री

Artha Sarokar

१८ भाद्र २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारको होसियारीका कारण मुलुक श्रीलंका हुनबाट जोगिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘अहिले मुलुकको ठूलो संकट टरेको छ । सरकारले होसियारी नअपनाएको भए सायद मुलुकमा श्रीलंकाको जस्ते अवस्था सृजना हुन सक्थ्यो ।’ अर्थमन्त्री शर्माले भने -‘सही समयमा सरकारले सही रुपमा होसियारी अपनाएकै कारण मुलुकको ठूलो आर्थिक संकट टरेको छ ।’ पछिल्लो समय रेमिट्यान्स बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि वृद्धि भएको अर्थमन्त्री शर्माले बताएका छन् । यो सँगै देशको अर्थतन्त्र सबल हुँदै जाने उनले दाबी गरेका छन् ।

नेपाली परम्परा अनुसारका चाडपर्व नजिकिएसँगै अहिले मुलुकमा भित्रिने रेमिट्यान्स बढेको अर्थमन्त्री शर्माले बताए । ‘चाडपर्वको सुरु भएसँगै बढेको रेमिट्यान्सले देशको अर्थतन्त्र बलियो हुँदै गएको छ’, उनले भने, ‘तर अहिले देशमा लगानीयोग्य रकमको भने अभाव भएको छ । चाडपर्वका समयमा तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा विशेष ध्यान दिएको छ, र थप योजना बनाउछौँ ।’ त्यस्तै कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन समेत आग्रह गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी