काठमाडौं । निर्वाचन आचारसंहिता लागे पनि अर्थमन्त्री जनार्दन शर्माले शाखा अधिकृतको तलब नै एक लाख हुनुपर्ने तर्क प्रस्तुत गरेका छन् । आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
‘वर्तमान अवस्थामा सरकारी कर्मचारीको तलब अपुग छ’, उनले भने, ‘मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब दिन पनि राज्यले सकेको छैन ।’ त्यस्तै शर्माले चालु आर्थिक वर्षका लागि सरकारी कर्मचारीहरुको तलबमा भएको १५ प्रतिशत वृद्धि पनि प्रयाप्त नभएको बताए ।
‘चालु आर्थिक वर्षमा तलबमा भएको १५ प्रतिशत वृद्धिले जिवन निर्वाह गर्न पुग्दैन। केही नभएपनि जिवन चलाउनका लागि आफ्नै तलबले पुग्नुपर्छ भन्ने मेरो मान्यता हो’, उनले थपे, ‘एउटा शाखा अधिकृतको तलब न्यूनतम एक लाखसम्म हुनुपर्छ, बल्ल त्यो प्रयाप्त हुनसक्छ ।’
त्यस्तै कार्यक्रममै बोल्दै अर्थमन्त्री शर्माले सरकारी कर्मचारीलाई पर्याप्त तलब दिन उत्पादन वृद्धि गर्नुपर्ने र मुलुकको आम्दानी बढाउनुपर्ने बताए । राजश्व आम्दानी बढाउनुको विकल्प नभएको भन्दै अर्थमन्त्री शर्माले राजश्व क्षेत्रमा काम गर्नेहरुको जिम्मेवारी फरक र महत्वपूर्ण रहेको बताएका छन् । ‘सिंगो अर्थतन्त्र यसैमा निर्भर छ । देशको भविष्य यसैमा निर्भर छ । यो चलेन भने देश चल्दैन । यसकारण यो मुलुकको मेरुदण्ड हो’, अर्थमन्त्री शर्माले थपे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्