×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण काबेली पावरद्वारा १० प्रतिशत बोनस सेयर दिने घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अरुण काबेली पावरद्वारा १० प्रतिशत बोनस सेयर दिने घोषणा

Artha Sarokar

४ आश्विन २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अरुण काबेली पावर कम्पनीले बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

बोनसमा लाग्ने कर भने सेयरधनी आफैले तिर्नुपर्ने भएको छ । प्रस्तावित बोनस सेयर आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल कायम १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर वितरण भएमा चुक्ता पुँजी २ अर्ब ४ करोड ७ लाख ३१ हजार ५५० रुपैयाँ पुग्नेछ ।

गत वर्ष भने कम्पनीले १७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८९ प्रतिशत  नगद लाभांश दिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी