×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एशियन लाइफ इन्स्योरेन्सको १४औँ साधारण सभा सम्पन्न, असोज ३ गतेसम्म शेयरधनीलाई ०.७६ लाभांश वितरण गरिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ का लागि ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बारामा सम्पन्न कम्पनीको १४औँ वार्षिक साधारण सभाबाट कम्पनीका शेयरधनीलाई अघिल्लो आर्थिक वर्षका लागि प्रस्तावित १४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

कम्पनीले साधारण सभाबाटै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गरेको थियो । सोही अनुसार असोज ३ गतेसम्म कायम शेयरधनीलाई मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: