×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

पोखरामा पुनः एटिएम चोरीको दुष्प्रयास, निरन्तर टार्गेटमा किन परिरहेछ एनएमबी बैंक ?

SAGARMATHA CEMENTS

काठमाडौं । पोखरामा पुनः एटिएम चोरीको प्रयासमा एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका ६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गर्दा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ५ सल्यानटारका २५ वर्षिय मनोज कुमाल पक्राउ परेका हुन् ।

सोमबार राती एनएमबी बैंकको एटीएम फुटाउँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले कुमाललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार एटिएम फुटाइरहेको भन्ने खबर पाउनासाथ वडा प्रहरी कार्यालय बैदामको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका कुमालको साथबाट १ थान खुकुरी समेत बरामद गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

एकैरात चोरीका दुई प्रयास, एनएमबीको क्यासेट सहित १५ लाख चोरी 
यसो त पोखरामा एटिएम चोरीको घटना यो पहिलो भनै होइन, यसभन्दा अघि पनि धेरैपटक पोखरामा एटिएम चोरीको प्रयास भएको थियो । गत साउन ३ गते पोखरामा एकैरातमा दुईवटा बैंकको एटिएममा चोरीका घटना घटेको थियो । २१ वर्षिय अनिस तामाङले गत साउन ३ गते राती पोखराको अर्घौ चोकस्थित एमएमबी बैंककै एटिएमबाट झण्डै १५ लाख चोरी गरेका थिए । एनएमबी बैंकको एटिएम चोरीपछि उनै तामाङले सोही राती एनआईसी एशिया बैंकको एटिएम तोडफोडको प्रयास गरेका थिए । यद्यपी उनलाई प्रहरीले पक्राउ गरी आवश्यक कार्वाही गरिसकेको छ ।

एनआईसी एशियाको एटिएममा पनि चोरीका दुई प्रयास 
केही समय अघि पोखारा महानगरपालिका १७ विरौटामा रहेको एनआईसी एशिया बैंकको एटिएम चोरीको प्रयास गर्दा पर्वतको कुश्मा नगरपालिका ३ का २३ वर्षिया कृष्णबहादुर विकलाई प्रहरीले पक्राउ गरेको थियो। कृष्ण बहादुर विकको सो एटिएम चोरीको प्रयास पनि पहिलो थिएन । उनी त्यसभन्दा अघि माछापुच्छ«े बैंकको एटिएम चोरेको अभियोगमा सजाय भुक्तान गरिसकेका हुन् ।

त्यस्तै पोखरामै न्यूरोडस्थित बैंकको एटिएम ३१ गते राती फोड्ने प्रयास गरिएको थियो । सो समयमा पनि मेसिन फोड्न प्रयास गर्ने पोखरा महानगरपालिका ९ पृथ्वी चोकका १९ वर्षिय नरेश पुन मगर पक्राउ परेका हुन्। उनले एटिएम बुथ फोड्न गैंटीको प्रयोग गरेका थिए ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal