Skip to content
LAXMI SUNRISE BANK

कोटेश्वरमा बालेनको ‘बुल-डोजर’, फुटपाथको भर्याङ भत्कायो, भाटभटेनीको बेसमेन्ट खाली गर्यो

अर्थ सरोकार

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर स्थित भाटभटेनीको बेसमेन्ट खाली गरेको छ । भाटभटेनीले नक्सा विपरित पार्किङ स्थललाई अन्य प्रयोजनका लागि प्रयोग गरेको पाइएपछि महानगरले बेसमेन्ट खाली गराएको हो ।

‘भाटभटेनीले पार्किङको अनुमति लिएर केही ठाउँमा व्यवसाय नै सञ्चालन गरेको पाइएको छ । अझ यहाँ भाटभटेनीले पार्किङको केही हिस्सा तरकारी तथा फलफुल प्याकिङ लगायताका प्रयोजनमा प्रयोग गरेको थियो ।’ नगर प्रहरी उपरिक्षक मनोज लामिछानेले भने -‘महानगरपालिकाको निर्देशन र मापदण्ड अनुसार सो एरिया खाली गरेका छौँ । जे प्रयोजनका लागि बेसमेन्ट निर्माण गरिएको हो, सोही प्रयोजनका लागि प्रयोग हुन्छ ।’

आइतबार महानगरले तिनकुने, कोटेश्वर क्षेत्रमा रहेका अनाधिकृत संरचनामा डोजर समेत चलाएको छ । फुटपाथमा निर्माण भएको भर्याङ, अव्यवस्थित व्यवसाय तथा अनाधिकृत संरचना महानगरको ‘बुल-डोजर’ले हटाएको हो । पछिल्लो समय महानगरले अनधिकृत रूपमा बनाइएका संरचनाहरू भत्काउने र नक्साविपरित बनाइएका संरसचना हटाउने कामलाई तीव्रता दिँदै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK