×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Balen Shah को एक्सनपछि इन्द्रचोक बन्यो आहा इन्द्रचोक, सबैले भने जय बालेन्द्र ! (भिडियो ब्लग)

काठमाडौँ । गर्न पनि मान्छेहरु पैसा कमाउन भनेपछि जे पनि गर्छन् । काठमाडौँ महानगरमा पनि पैसा कमाउने नाममा अवैध संरचना खडा गरेर व्यापार गरेका थिए धेरैले । यतिसम्मकि मन्दिरको ठाउँ ओगटेर पैसा कमाउन व्यस्त थिए धेरै व्यापारीहरु। यहि कारण काठमाडौँका विभिन्न ठाउँहरु हेर्न लायक कम, व्यवसायीक स्थान बढी बनेका थिए । व्यापार गर्न नै नमिल्ने ठाउँमा बसेर व्यापारीहरु चिच्याई चिच्याई धन्दा गर्थे । यहि कारण असन इन्द्रचोकमा हिड्न सहज थिएन धेरैका लागि । अलिकति ठाउँ पायो कि, पसल राख्यो, चिच्यायो, व्यापार गर्यो । अनि यसरी सार्वजनिक ठाउँको भाडा समेत असुल्थे केहि टोलेहरुले । तर काठमाडौँ महानगरमा बालेन्द्र शाह मेयर भएर आएपछि अव यस्ता व्यापारी र तीनका ठेकेदारहरुको दिन सकिएको छ । असन, इन्द्रचोकमा अवैध संरचना र व्यापार महानगरले हटाईदिएपछि अहिले इन्द्रचोक घुम्न र हेर्न लायक भएको छ । र त सबैले भनिरहेका छन्, बालेन्द्रले जे गरे, गज्जब गरे । सायद इन्द्रचोकका देवताले पनि बालेन्द्रलाई स्याबास भनिरहेका होलान् ।

गैरकानुनी संरचना भत्काउने अभियानमा लागेका मेयर बालेन्द्र साहले एक एक गरी अवैध संरचना हटाउन लागेपछि उनलाई व्यापक जनसमर्थन मिल्यो । अझ काठमाडौँस्थित अल्फा हाउसमा व्यवसायीले देखाएको वितण्डामा उनले गरेको एक्सन र पछि तीनै व्यवसायीले बालेनलाई समर्थन गरेपछि त झन् बालेनले बढी नै वाहवाही कमाए । झन्डै नर्भिक अस्पतालबाट सुरु भएको अभियान नै तुहिएको थियो । तर उनलाई चौतर्फी सबैको साथ मिलेपछि उनी यस कार्यमा खरो उत्रिए । उनले सुरु गरेको डोजर अभियानमा जनताले साथ दिए । कर नतिर्नेहरुलाई उनले कर तिर्न ताकेता गरेपछि सुरुमा आनाकानी गरेपनि कर तिर्न बाँकीहरुले कर तिरे । त्यसपछि उनी अनधिकृत रूपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाउन लागे । उनको यो अभियानलाई पनि धेरैले साथ दिए । उनको अभियानलाई साथ दिँदै महानगरका वडा कार्यालयहरूले पनि आ–आफ्ना क्षेत्रमा रहेका अनधिकृत संरचना र पसल हटाउन सुरु गरेका गरे ।

त्यसपछि बालेन नेतृत्वको काठमाडौं महानगरपालिकाकोको वडा नम्बर २५ कार्यालयले असन, इन्द्रचोक क्षेत्रमा मन्दिर र तथा सम्पदा अतिक्रमित गरी सञ्चालन भइरहेका पसल हटाउने अभियान थाल्यो । सुरुमा वडा कार्यालयले २४ घन्टे अल्टिमेटम दिँदै मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेका पसल हटाउन सूचित गर्यो । कतिले बालेन्द्रलाई साथ दिएर आफ्नो पसल हटाए । तर कतिले नमानेपछि फेरी महानगर खरो उत्रियो । र अल्टिमेटमको समय सकिएपछि इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिरवरिपरिको खास्तो व्यापार, भेडासिंहस्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबलका पसललगायत अन्य व्यापार व्यवसाय हटाउन महानगर तातियो । त्यसपछि त त्यहाँमात्र होइन असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ–बायाँ मा रहेका पसलहरू महानगरले आफैं हटाइदियो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा असर पर्ने गरी कुनै व्यवसाय गर्न नदिने अभियानमा जनताको पनि साथ मिलेपछि असन इन्द्रचोकलाई सुन्दर बनाउने महानगरको अभियान सफलताउन्मुख बनेको छ यतिबेला ।

यो बीचमा केहि व्यवसायीहरुले अटेर नगरेका होइनन । तर काठमाडौं महानगरपालिकाले सहरभित्र बनेका अनधिकृत संरचना हटाउन डोजर चलायो । डोजर चलेपछि कतिपय व्यापारीहरु झन् सचेत भएर बालेन्द्रको कामलाई साथ दिन थाले । असन, इन्द्रचोक जस्तो ठाउँमा व्यापारीहरुलाई तह लगाउन बालेन्द्रले के सक्लान् र भन्ने थियो, तर बालेन्द्रले गरेर देखाईदिए । हेर्दाहेर्दै केहि दिनभित्र असन इन्द्रचोकमा सडकहरु पहिलाको तुलनामा खुला बनेका छन् । नियम कानुन भनेको सबैलाई लाग्छ र लाग्नुपर्छ भन्ने तथ्य त्यहाँका व्यापारीहरुले बुझेका छन् । र अन्ततस् इन्द्रचोकका स्थानीय पनि जय बालेन्द्र भनिरहेका छन् ।

कुनै पनि बहानाबाजी गरेर कसैले पनि गलत काम गर्न पाउँदैन । तर यसअघिसम्म विभिन्न राजनीतिक पहुँचका आधारमा इन्द्रचोकमा गैरकानुनी पसल खोलिरहेका थिए व्यापारीहरुले । अझ त्यहाँका केहि टोलेहरुले त्यस्तो गैरकानुनी व्यापारको भाडा पनि उठाउँथे। धार्मिक, सांस्कृतिक धोरोहरलाई नै असर पर्नेगरी व्यापारीहरुले महानगरको अस्मितासमेत लुटिरहेका थिए । इन्द्रचोक घुम्न आउने पर्यटकहरुले खास इन्द्रचोक नै हेर्न पाईरहेका थिएनन्, किनकि सबैतिर व्यापारीहरुकै मनपरी चलिरहेको थियो । तर बालेन्द्रले कानुनभन्दा माथि कोहि छैन र कानुन मिच्ने छुट कसैलाई छैन भन्ने तथ्य सबैलाई बुझ्नेगरी बुझाउने अभियान सुरु गरेपछि अहिले हाम्रो सुन्दर इन्द्रचोक थप सुन्दर र खुला बनेको छ । धार्मिक सम्पदाहरु व्यापारीको कब्जाबाट उम्किएकाझैं देखिन्छन् । इतिहासको विरासत झन् मुस्कुराएझैंदेखिन्छ । सांस्कृतिक सम्पदाहरुले साधुवाद बालेन्द्र भनेझैं देखिन्छ । र त स्थानीयहरु पनि भनिरहेका छन्, हामीलाई पनि केहि गाह्रो भयो होला, केहि घाटा पनि भयो होला, तर बालेन्द्रले जे गरिरहेका छन्, त्यो काम गज्जब छ ।

बालेन्द्रको यो काम कामको अन्त्य होइन, सुरुवात हो । अझै पनि गैरकानुनी रुपमा बनेका संरचनाहरु भत्किन बाँकी छन् । महानगरले उठाउनुपर्ने कर उठ्न बाँकी छ । र बालेन्द्रले जरुर उठाउनेपनि छन् सो कर, भत्काउने पनि छन् थप अवैध संरचनाहरु । र जरुर विधिको शासन चल्नुपर्छ र कानुनभन्दा माथि कोहि हुन सक्दैन भन्ने तथ्य प्रमाणित गर्नेछन् बालेन्द्रले । र उनको यो अभियानमा हामी सबै जनताको साथ छ ।

हो, यति बेला बालेन्द्रको यो अभियानमा साथ नदिन, भाँजो हाल्न केहि शक्तिहरु लागिरहेका छन् । आफ्नो राजनीतिमा असर गर्ने बहानामा, आफ्नो भोट घट्ने बहानामा, आफुले असुली गरिरहेको चन्दा घट्ने बहानामा होस् वा आफ्ना आसेपासेले गरिरहेको गैरकानुनी धन्दा बन्द हुने बहानामा उनीहरु बालेन्द्र विरुद्ध नियोजित रुपमा लागिरहेका छन् । तर कानुन र जनताको साथमा अडिग बनेर हिंडेपछि त्यस्ता जनतामाराहरु आफैं साइड लाग्नेछन् । महानगरलाई सुन्दर बनाउँछु भनेर लागेका बालेन्द्रले यो महानगरलाई साच्चै सुन्दर बनाएर नै छोड्नेछन् । विधिको शासन चलाएर, जनताको मन जितेर, महानगरलाई व्यवस्थित शहर बनाएर उनी इतिहासमा गज्जबको मेयरले काठमाडौँ यस्तो सुन्दर र व्यवस्थित बनाएका थिए भनेर इतिहास दर्ज गरेर महानगरबाट विदा हुने इक्षा छ बालेन्द्रको । र उनको यो कदममा सबै जनताले सक्दो साथ दिईरहेका छन् ।

हो, देउताको ठाउँ ओगटेर व्यापार गर्न पल्केकाहरुलाई बालेन्द्रको काम चित्त बुझेको छैन । नेताको झोला समातेर टोल टोलमा गैरकानुनी धन्दा गर्नेहरुसँग हप्ते असुली गर्नेहरुलाई बालेन्द्रको काम पक्कै चित्त बुझेको छैन । र चित्त बुझेको छैन बालेन्द्रको काम तिनीहरुलाई, जो विधिको शासनभन्दा बढी आफ्नो दादागिरी चलाएर खान पल्केका थिए । तर निर्भिक, निडर र लिडर बालेन्द्र ती कसैका अगाडी नझुकी, अविराम, अविरल आफ्नो काम गरिरहेका छन् । यस्तो लाग्दैछ, यो ५ बर्षमा बालेन्द्रले काठमाडौँ महानगरलाई देशकै नमुना महानगर बनाउनेछन् । र शुभकामना, बालेन्द्रलाई उनको यो अपेक्षा पूरा होस् । र भन्न पाइयोस्, हामीलाई काठमाडौँ बासी हुनुमा गर्व छ । हामीलाई मेयरका रुपमा बालेन्द्र पाउनुमा गर्व छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: