×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बसन्तपुर दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको फ्लो बढ्यो, पर्यटक बढेसँगै व्यापार फस्टायो…(फोटो-कथा)

काठमाडौं । ‘बसन्तपुर दरबार क्षेत्र’ काठमाडौं उपत्यकामा रहेका तीन शाही दरबार वर्गमध्येको एक हो । यूनेस्को विश्व सम्पदामा सुचिकृत रहेको यो क्षेत्रमा पछिल्लो समय घुम्न आउने अन्तरिक तथा बाह्य पर्यटकको फ्लो बढेको छ । धार्मिक स्थलको रुपमा पनि प्रसिद्ध मानिने बसन्तपुर दरबार क्षेत्रमा घुमघामसँगै धार्मिक आस्थासँग जोडिएका आन्तरिक पर्यटकहरुको पनि घुँइचो लाग्ने गरेको छ ।

यसो त पछिल्लो समय महानगरपालिकाकाको मेयरमा बालेन्द्र शाह आएसँगै काठमाडौंका पर्यटकीय स्थलको सौन्दर्यतामा निखारता आएको छ । खुईलिएका भौतिक संरचनामा रंगरोगन गरिएको छ, भत्किएका संरचना पुनः निर्माणका क्रममा छन्, फोहोर व्यवस्थापनमा उल्लेख्य सुधार भएको छ भने घुमफिरका लागि उपयुक्त वातावरणको व्यस्थापन समेत गरिएको छ । यसर्थ पनि केहीदिन यता बसन्तपुर दरबार क्षेत्रमा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको बसन्तपुरमा मुर्तिको व्यापार गर्दै आएका एक व्यापारीले बताएका छन् ।

‘आजभोली विदेशबाट घुम्न आउने विदेशी पर्यटक बढेका छन् । अझ अहिले फोहोर र बजार व्यवस्थापनमा सुधार भएसँगै दैनिक घुम्न आउनेहरु बढेका हुन् ।’, एक मुर्ति व्यापारीले भने -‘पर्यटकको संख्या बढेसँगै हाम्रो व्यापार पनि फस्टाएको छ । हाम्रा लागि त जति धेरै पर्यटक, त्यति नै धेरै फाइदा हो ।’ दशैं नजिकिएसँगै अहिले बसन्तपुर आसपासका न्युरोड, बिसालबजार, असनमा सपिङ गर्नेको संख्या बढेसँगै बसन्तपुर दरबार क्षेत्र पनि दैनिक भरिभराउ नै देखिन थालेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: