काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बीमा विधेयक राष्ट्रिय सभाबाट स्वीकृत भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैैठकले बीमा विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
‘यो विधेयक संविधानको मर्म अनुसार छ । विधेयक सरकारको समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यलाई सार्वजनिक तथा निजी क्षेत्र र सहकारीताकाृ अधिकतम परिचाल गर्ने गरी निर्माण गरिएको छ ।’ विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने -‘यसको मुख्य उद्धेश्य भनेको तीव्र आर्थिक वृद्धि गर्नु हो ।’
त्यस्तै, देशमा हालको आर्थिक अवस्था र आवश्यकतालाई ध्यानमा राख्दै विधेयक ल्याइएको अर्थमन्त्री बर्माले बताए । ‘हाल कायम रहेको बीमा ऐन, २०४९ ले बीमाका सबै विषय समेट्न सकेन’, उनले भने, ‘यो विधेयकका सवालमा हामीले चरणबद्ध रुपमा विभिन्न निकाय तथा सरोकारवालासँग गहन रुपमा अध्ययन तथा छलफल गरेका छौँ ।’ बीमामार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकार सुनिश्चित गर्न र जनताको विश्वास कायम गर्न विधेयकले सहयोग पुग्ने अर्थमन्त्री शर्माको भनाई रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्