×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बीमा समितिका अध्यक्षलाई ३ प्रश्न-‘१ अर्ब कसले पाउने ?, सबैले भुक्तानी पाउँछन् ?, १ अर्ब सार्है कम भएन ?’ (कुराकानी)

काठमाडौं । सरकारले कोरोना बीमावापतको भुक्तानीका लागि १ अर्व निकासा गरेको छ । कुल १२ अर्ब दायित्व भएपनि हालका लागि सरकारले १ अर्ब भुक्तानी गरेको हो । सरकारले १ अर्बमात्र दाबी भुक्तानीका लागि रकम निकासा गरेपछि सो रकम कसले-कसले पाउँछन् भन्ने ‘कन्फ्युजन’ धेरैलाई छ ।  कतिपयले पावरका भरमा फेरि पनि ठुलाबडाले भुक्तानी पाउने र साना-सोझाले नपाउने स्थिति हुने भन्दै चर्चा गरिरहेका छन् । हामीले यसैबारे बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालसँग कुराकानी गरेका छौँ ।
१.सरकारले कोरोना बीमावापतको बाँकी रकम दिने औपचारिक निर्णय पठायो त ?
हामीले पनि तपाईले जस्तै सुनेको हो तर चिट्ठी आईपुगेको छैन । क्याबिनेटले कोरोना बीमावापत १ अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेको चाहिँ मैले पनि सुनेको मात्रै हो । अव क्याबिनेटको निर्णय आखिर सार्वजनिक हुने नै हो र हामीले माग गरेको पनि सत्य हो । केही समयअघि अर्थमन्त्रीले अर्थसचिव ज्युलाई मेरै अघि १ अर्ब रुपैयाँ भुक्तानी गर्न भनि निर्देशन दिनुभएको थियो । सोही अनुरुप अहिले निर्णय पास भएको हो । अहिलेका लागि भने आधिकारिक जानकारी हामीले पनि पाएका छैनौँ ।
२. १ अर्ब रुपैयाँ प्रयाप्त हुन्छ ? लिनुपर्नेको संख्या धेरै तर रकम कम भएन र ? 
१ अर्ब रकम साह्रै कम हो । अव कसरी बाँड्ने भन्ने कुरा क्याबिनेटले गरेको निर्णयको आधिकारिक जानकारी र पैसा आएपछि नै थाहा हुन्छ । तर, जसको नाम पहिलो नम्बरमा छ उसैले नै सुरुमा पाउँछ । यसमा पनि अर्थ मन्त्रालयले दिने १ अर्ब रुपैयाँले पुग्दैन ।
३. अपुग रकम कसरी व्यवस्थापन गर्नुहुन्छ ? पैसा त सबैलाई दिनुपर्ने होला हैन र ? 
हो, पैसा सबैलाई दिने हो । १ अर्ब रुपैयाँले पुग्ने कुरै भएन । अर्थमन्त्रालयले १ अर्ब दियो भने केही रकम कम्पनी र पुर्नबीमा कम्पनीलाई पनि राख्न लगाउने हो र सो रकमलाई सिरियल्ली जसको पहिला नाम आउँछ उसैलाई वितरण गर्ने हो । जे होस् सरकारले पहिलो चरणमा आफ्नो दायीत्व बोध गरेको छ । आगामी दिनमा क्रमशः रकम निकासा गर्ला भन्ने आशा गरौँ ।
कोरोना बीमा मार्गनिर्देशन २०७७ अनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेको थिए । जसमध्ये १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी परेको थियो । दाबी रकममध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समिति समेतबाट ३ अर्ब ५० करोड दावी भुक्तानी भएको छ । अब सरकारको दायित्वमा १२ अर्ब ३२ करोड भन्दा बढी दावी भुक्तानी तिर्न बाँकी छ । साढे ३ अर्ब भन्दा बढीको दायित्व सकारले लिने गरी कोरोना बीमा मार्गदर्शन आएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: