Skip to content
LAXMI SUNRISE BANK

५.७९ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्तावसहित बीओके क्यापिटल लिमिटेडले बोलायो वार्षिक साधारणसभा

अर्थ सरोकार

काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको साधारण सभा कात्तिक ४ गते हुने भएको हो । सभा कम्पनीको केन्द्रिय कार्यालय नारायणचौर, काठमाडौंमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीले ५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । यसर्थ, कम्पनीले १ करोड २१ लाख ५९ हजार रुपैयाँ नगदमा खर्च गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK