×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नयाँ स्टक एक्सचेञ्जमा ९० करोडको आईपीओ, ‘अमुक व्यापारीलाई लाइसेन्स’ चर्चाबारे यसो भन्छन् हमाल !

काठमाडौं । लामो समयको पर्खाईपछि अन्तत: नयाँ स्टक एक्सचेञ्ज आउने भएको छ । नयाँ स्टक एक्सचेन्ज ल्याउनेगरी नियमावली संसोधन भएसँगै अन्तत: नयाँ स्टक एक्सचेञ्जको बाटो खुलेको हो । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार क्याबिनेटले नियमावली संसोधन पास गरेपछि थप प्रक्रिया अगाडी बढेको छ भने अव एक साताभित्रै नयाँ स्टक एक्सचेन्जका लागि लाइसेन्स आह्वान गरिनेछ ।
उनका अनुसार नयाँ स्टक एक्सचेञ्जमा ९० करोड रुपैयाँ बराबरको लगानी सर्वसाधारणलाई सुरक्षित गरिएको छ । ‘सो कम्पनीले ९० करोडको रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ भने नयाँ स्टक पनि नेप्सेमा सूचीकृत हुनेछ । थप सेयर मापदण्ड पुगेकाहरुले लिनेछन् ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै बोर्ड अध्यक्ष हमालले भने -‘नयाँ स्टक एक्सचेञ्जसँग सम्बन्धित धेरै भ्रमहरु फैलाउन खोजिएको छ । तर यसले सेयर बजारलाई बिकास गर्ने काम गर्छ ।’
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स कुनै एक अमुक व्यापारीलाई दिन खोजिएको चर्चाबारे हमालले यसमा कुनै पनि सत्यता नरहेको र आफुले उनीहरुको चाकडी नगरेकै कारण आफुविरुद्ध नियोजित प्रचार भईरहेको दाबी गरेका छन् । ‘म कुनै व्यापारीको घरमा चिया पिउन गईन होला । यहि कारण तिनैले नियोजित रुपमा मेरो र बोर्डको दुष्प्रचार गरिरहेका छन् । कसैलाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स नै दिनुपरेको भए म किन सर्वसाधारणलाई आईपीओको व्यवस्था गर्थ्यें त ?’ उनले प्रतिप्रश्न गरे ।
नयाँ स्टक एक्सचेञ्जको लागि संसोधित नियमावलीले ३ अर्ब रुपैयाँ चुक्ता पूँजी तोकेको छ ।
हमालका अनुसार यसैबर्ष सबै काम सकिनेगरी अव नयाँ स्टकको प्रक्रिया अगाडी बढ्नेछ । उनकै पहलमा ब्रोकरको कोटा प्रणालीसमेत खारेज भएको छ भने विदेशबाट नेपाल पैसा पठाउनेहरुको हकमा आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था हुनेगरी नियमावलीसमेत पास भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: