Skip to content
LAXMI SUNRISE BANK

कमिसन घटाउने विषयलाई लिएर ब्रोकर र बोर्डबीच ‘पावर वार’ !

राधिका श्रेष्ठ

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल ब्रोकर कमिसन घटाउनेगरी अध्ययनमा थिए । उनले नयाँ ब्रोकर लाइसेन्स वितरण लगायतका काम सक्नेबित्तिकै सेयर ब्रोकरहरुको कमिसन घटाउनेगरी प्रक्रिया अगाडी बढाउने तयारी गरेका थिए । तर यहि सूचना पाएका ब्रोकरहरुले राजनीतिक लविङ गरेर धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ विधायन समितिबाट क्याबिनेट पुर्याउँदा नै नियमावलीमा कमिसन घटाउने अन्तिम अधिकार क्याबिनेटमा हुनेगरी नियमावली संसोधन गरिदिए । बोर्डको अधिकार खोसिने गरी भएको यस्तो संसोधन बोर्डले संसोधन प्रस्तावमा पठाएकै थिएन ।
तर भाषामै खेलेर सो अधिकार बोर्डबाट खोसी क्याबिनेटलाई दिलाउन ब्रोकरहरुको लविङ सफल भयो । आफुलाई सार्है पेल्न खोजिएपछि बोर्ड अध्यक्ष हमाल पनि ताते, र अर्थमन्त्री मार्फत सो निर्णयलाई परिमार्जन गर्न लागि परे । नियमावलीको अन्तिम स्वीकृति पत्र बोर्डमा आएकै दिन हमालले संचालक समितिको बैठक डाके र त्यसलाई क्याबिनेटको अधिकार नहुनेगरी संसोधन प्रस्ताव पारित गराएर क्याबिनेट पठाए । र अन्तत: बोर्डले भनेकै शैलीमा क्याबिनेटले सो प्रस्ताव स्वीकृत गरेको छ ।
ब्रोकर र बोर्डबीच ‘पावर वार’ !
स्रोतका अनुसार ब्रोकरहरुले कमिसन घटाउने अन्तिम अधिकार क्याबिनेटमा हुनेगरी विधायन समितिमा रहेका सदस्यहरुमार्फत लविङ गरेका थिए । यो कुरा चाल पाएपछि बोर्ड अध्यक्ष हमालले पनि अर्थमन्त्रीको सहयोग लिएका थिए । अर्थमन्त्रीमार्फत प्रधानमन्त्री र प्रधानमन्त्रीमार्फत पुन: विधायन समितिका सदस्यहरुलाई कन्भिन्स गरिएपछि अन्तत: अघिल्लो संसोधन पुन: संसोधनगरी क्याबिनेटले नियमावली संसोधन स्वीकृत गरेको छ । अन्तत: बोर्डकै जित भएपनि ब्रोकरहरुको यस्तो कामले बोर्ड ब्रोकरहरुसँग रुष्ट बनेको छ । यहि कारण पनि अव छिटोभन्दा छिटो ब्रोकर कमिसन घटाउनेगरी प्रक्रिया अगाडी बढ्नेछ ।
‘ब्रोकर कमिसन अलि पछि घटाउन सकिन्थ्यो । तर ब्रोकरहरुले जुन घीनलाग्दो हर्कत देखाए, त्यसकारण अव ब्रोकर कमिसन घट्छ, घट्छ, घट्छ । छिट्टै घट्छ ।’ बोर्डका एक संचालकले अर्थ सरोकारसँग भने- ‘यो देशमा यस्तोसम्म चलखेल हुन्छ भन्ने नै थाहा भएन । यो एउटा पाठ पनि भयो । तर ब्रोकर कमिसनचाहिं अव छिट्टै घट्छ । यो कुरामा ढुक्क भए हुन्छ ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK