काठमाडौं । निश्चित मापदण्ड पुगेका सबैले ब्रोकर लाइसेन्स पाउनेगरी संसोधन गरी बोर्डले क्याबिनेट पठाएको नियमावली मन्त्रीपरिषदले स्वीकृत गरेको छ । कानुन समितिले समेत ‘ठिक छ’ भनेर क्याबिनेट पठाएको ‘धितोपत्र व्यवसायी, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी नियमावली, २०६४’को संसोधनसहितको नियमावली स्वीकृत भएको हो । बिहिबार (आज) सो निर्णयसम्बन्धि माइन्युट गर्ने सबै काम सकिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकमा सो नियमावली पेश गरिएको थियो ।
यसअघि कानुनी राय लिने भन्दै क्याबिनेटले सो नियमावली संसोधनको फाइल विधायन समितिमा पठाएको थियो । सो समितिले कहींकतै कानुन बाझिने वा नबाझिने भन्ने विषयमा अध्ययन गरेको थियो । अध्ययनपछि सो समितिले सबै कुरा ठिक छ भन्ने आशय क्याबिनेटलाई दिएपछि क्याबिनेटले सो नियमावली पास गरेको हो । सरकारले मन्त्रीपरिषदका निर्णयहरु केहि समयपछि सार्वजनिक गर्नेछ ।
‘तपाईंहरु सबैको चासो रहेको स्टक ब्रोकरसम्बन्धि नियमावली पास भएको छ । हामीले सोको औपचारिक जानकारी धितोपत्र बोर्डमा समेत दिने प्रक्रिया थालिसकेका छौँ।’ एक मन्त्रीले अर्थ सरोकारसँग भने- ‘सेयर बजारको हितका लागि सरकारले राम्रो काम गरेको छ । बजारमा सिमित ब्रोकरहरुको सिण्डिकेट अव औपचारिक रुपमै समाप्त हुने भएको छ।’
ती मन्त्रीका अनुसार धितोपत्र बोर्डका तीन नियमावली क्याबिनेटले पास गरेको छ । ‘एउटा सेयर ब्रोकर सम्बन्धि नियमावली पास भएको छ । अर्को विदेशबाट नेपाल रेमिट्यान्स पठाउनेहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने व्यवस्थासहितको धितोपत्र दर्ता तथा निष्काशन नियमवाली २०७३ पाँचौ संसोधन पास भएको छ । यस्तै,नयाँ स्टक एक्सचेञ्ज ल्याउने गरी धितोपत्र बजार संचालन नियमावली, २०७४, पनि पास भएको छ।’
यसअघि भनिएझैँ पूँजीमा परिवर्तन गरेर सो नियमावली पास भएको हो । परिमार्जित नियमावली अनुसार अव सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्ता पुँजी १५ करोड पुर्याइएको छ । यस्तै, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको ५० करोड र धितोपत्र व्यापारीको एक अर्ब रुपैयाँ पुगेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्