×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्स खुलायो, गोरखापत्रमा निस्कियो सूचना (सूचनासहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धितोपत्र बोर्डले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्स खुलायो, गोरखापत्रमा निस्कियो सूचना (सूचनासहित)

Artha Sarokar

२ आश्विन २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स, कमोडिटि एक्सचेन्ज र स्टक एक्सचेन्जका लागि एकैपटक आवेदन खुला गरेको छ । आइतबार एक सूचना जारी गर्दै बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन माग गरेको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही इच्छुक र मापदण्ड पुगेका संस्थाले आवेदन दिन सक्नेछन् । यसरी दिने आवेदन बोर्डको सूचना जारी गरिएको मितिले ४५ दिनभित्र दिईसक्नुपर्नेछ ।

यो सूचनासँगै लगानीकर्ताहरु थप उत्साहित बनेका छन् । लामो समयदेखि रहँदै आएको सिमित ब्रोकरको सिन्डिकेटको अन्त्य हुने भएपछि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल पनि चौतर्फि प्रशंसाको पात्र बनेका छन् ।

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन पेस गर्न भनेको छ । सार्वजनिक सूचनामा बोर्डले
धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न आवश्यक भएकाले ब्रोकर थप्न लागेको जनाएको छ ।

यस्तो छ बोर्डले जारी गरेको सूचनाः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी