×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैं लागेसँगै नयाँ बसपार्कमा यात्रुको भिड लाग्यो, दुई दिनमै १५ हजार बढीले गरे अग्रिम टिकट बुकिङ (फोटो-कथा)

PRIME CA
laxmi sunrise bank

दशैं लागेसँगै नयाँ बसपार्कमा यात्रुको भिड लाग्यो, दुई दिनमै १५ हजार बढीले गरे अग्रिम टिकट बुकिङ (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार

काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खुला भएसँगै नयाँ बसपार्कमा टिकट बुकिङका लागि यात्रुहरुको भिड लाग्ने गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले १ गतेबाट टिकट बुकिङ खुला गरेसँगै टिकट बुकिङकै लागि लाइन बस्नेको संख्यामा वृद्धि भएको छ ।

पछिल्लो दुई दिनमा मात्रै उपत्यकाबाट १५ हजार बढीले अग्रिम टिकट बुकिङ गरिसकेका छन् । पढाई तथा अन्य विभिन्न शिलशिलामा राजधानी छिरेका नागरिकहरु अव दशैं नजिकिएसँगै गृहजिल्ला फर्किन थालेका हुन् । टिकट बुकिङका लागि बसपार्कमा भेटिने अधिकांश नागरिक प्युठान, अर्घाखाँची, गुल्मी, बझाङ, बाजुरा, डोटी, धनगढी र महेन्द्रनगर लगायतका रहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: