काठमाडौं । महानगरपालिकालाई तिर्नुपर्ने कर नतिरेको भन्दै सात दिनको अल्टिमेटम दिएपछि डेल्टिन क्यासिनोले कर बुझाएको छ । होटल म्यारियटमा संचालन हुँदै आएको सो क्यासिनोले महानगरपालिकालाई तिर्न बाँकी रहेको मनोरञ्जन कर तिरेको हो ।
क्यासिनोले मनोरञ्जन करवापत १९ लाख ३७ हजार रुपैयाँ कर महानगरपालिकालाई बुझाएको काठमाडौं महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिएका छन् । उनका अनुसार क्यासिनोले महानगरपालिकालाई जरिवाना बाहेकको कर तिरेको हो । ‘अहिले क्यासिनोले जरिवाना बाहेकको कर तिरेको हो’, उनले भने, ‘क्यासिनोले तिर्नुपर्ने जरिवानाको हिसाब भईरहेको छ । कति तिर्ने भन्ने निक्र्यौल भएपछि संचालकले तिर्छु भनेका छन् ।’
अवैध संरचना हटाउने अभियानमा लागेको महानगरपालिकाले पछिल्लो समय कर नतिर्ने कम्पनी तथा संस्थानहरुलाई टार्गेटमा राखेको छ ।
आइतबार तारे होटलमा सञ्चालित विभिन्न सातवटा क्यासिनोलाई पत्र पठाउँदै महानगरपालिकाले आगामी एक साताभित्र बक्यौता कर बुझाउन ताकेता गरेको छ । महानगरपालिकाले होटल म्यारियटस्थित डेल्टिन क्यासिनो, होटल अन्नपूर्णस्थित क्यासिनो प्यालेस, होटल र्याडिसनस्थित क्यासिनो र्याड, होटल ह्यातस्थित प्राइड इन्टरनेसनल एन्ड रिक्रिएसन प्रालि, होटल सोल्टीस्थित माजोङ क्यासिनो र मल्ल होटलस्थित बेली क्यासिनोलाई कर तिर्न ताकेता गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्