×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंको मुखैमा चामलको भाउमा होलसेल व्यवसायीको मनपरी, बोरामा २०० रुपैयाँसम्म बढाइयो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

दशैंको मुखैमा चामलको भाउमा होलसेल व्यवसायीको मनपरी, बोरामा २०० रुपैयाँसम्म बढाइयो

काठमाडौं । दशैंको मुखमा नेपालमा चामलको मूल्य आकाशिएको छ । भारतले निर्यातमा कर बढाएको बाहानामा व्यवसायीले मनपरी चामलको मूल्य बढाएका हुन् । हाल नेपालमा जिरा मसिनो चामलको खुद्रा मूल्य किलोमा ८ रुपैयाँ र बोरामा २०० रुपैयाँले बढेको छ ।

नेपालमा दशैंको मुखमा यसरी चामलको भाउ आकाशिनुमा भारतीय समाचारको प्रभाव रहेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । ‘भारतीय संचारमाध्यममा चामलको निर्यातमा कर बढेको समाचार घन्किएका छन् । समाचारका आधारमा चामलको मूल्य बढ्यो भनेर अर्कोतिर फेरी बजारमा हल्ला फैलाइयो’, संघका एक अधिकारीले भने, ‘त्यसैका भरमा व्यवसायीले मनपरी रुपमा चामलको मूल्य वृछि गरेका हुन् ।’ तर पनि नियमनकारी निकाय भने मौन बसेको ति अधिकारीले गुनासो गरेका छन् ।

‘केही दिन अघि मात्रै १७ सय ५० रुपैयाँमा पाइने २५ किलोको जिरा मसिनो चामललाई अहिले १९ सय ५० देखि २ हजार रुपैयाँसम्म पर्छ’, संघका कोषाध्यष ध्रुब ओझाले भने, ‘अहिले चामलमा भएको मूल्यवृद्धि हालसम्मकै उच्च हो । होलसेल व्यवसायीले नै मूल्य बढाएपछि खुद्रामा नबढ्ने कुरै भएन ।’

चामलमा भएको मूल्यवृद्धिको विषयमा होलसले व्यवसायीको भने तर्क अलि फरक छ । ‘भारतले चामको निर्यातमा कर बढाएको छ । हामीले आयात गर्दा मूल्य त्यसैपनि महंगो पर्ने भयो ।’ एक होलसेल व्यवसायीले अर्थ सरोकारसँग भने -‘अव महंगोमा ल्याएर सस्तोमा बेच्न त मिलेन होइन ? मूल्य बढाउनु हाम्रो रहर होइन, बाध्यता हो ।’ चामलको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्मले बढेको होलसेल व्यापारीहरुको संस्था नेपाल खुद्रा किराना व्यवसायी संघले पनि स्वीकारेको छ ।

यता नेपाल खुद्रा किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने भारतले करमा गरेको वृद्धिकै कारण मूल्य नबढेको बताए । ‘बंगलादेशले भारतको चामल महँगोमा किन्दा नेपाल आउने चामल पनि महँगो हुन भएको हो, त्यसैले नेपालमा पनि चामलको मूल्य बढेको हो’, उनले भने, ‘मूल्य वृद्धिको कारण भारतले करमा गरेको वृद्धि नै भन्ने चाहिँ होइन ।’ तर, भारतको कर वृद्धिले मूल्य बढेको भन्ने व्यवपारीको तर्कलाई भन्सारका विवरणहरुले भने पुष्टि गर्दैन ।

धान चामल धेरै आयात हुने भन्सार कार्यालयहरुका अनुसार गत २३ भदौमा भारतले धान चामल निर्यातमा कर वृद्धि गरेपछि यस्ता वस्तुको आयात घटेको छ । केही भन्सारबाट आयात न्यून मात्रामा भए पनि केहीमा शून्य नै छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: