×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्ने भयो चिनियाँ अघोषित नाकाबन्दी, तातोपानीमा अझै अन्योलता, रसुवागढीमा केहि राहत…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

खुल्ने भयो चिनियाँ अघोषित नाकाबन्दी, तातोपानीमा अझै अन्योलता, रसुवागढीमा केहि राहत…

Artha Sarokar

३० भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै चीनले गरेको नाकाबन्दी बिहीबारबाट खुल्ने भएको छ । बुधबार चिनियाँ पक्षबाट रसुवागढी नाका सञ्चालनको जानकारी आएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । नेपाल भ्रमणमा रहेका जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपतिसँगको भेतवार्तामा नाका खोल्नेबारे जानकारी गराएका थिए ।

‘चिनियाँ पक्षबाट नाका सञ्चालनको जानकारी आएको छ । लामो समयदेखि नाका सञ्चालनमा रहेको अन्योलता हटेको छ । अव नाका सञ्चालन हुन्छ ।’ जिल्ला प्रशासन कार्यालय रसुवाका सिडीओ नवराज जैशीले भने -‘यो सँगै अव दैनिक १४ वटा कन्टेनर नेपाल प्रवेश हुनेछन् । व्यापारीहरुले चाडपर्व र चिसोलाई लक्षित गरी ल्याएर नाकामा रोकिएका सामान अव निकासा हुनेछन् ।’

चिनियाँ पक्षको जानकारी आएसँगै आजबाट रसुवागढी नाका सञ्चालन हुने भएको छ । तर, तातोपानी नाका सञ्चालनको विषयमा भन अझै अन्योल कायमै छ । साउन २५ गतेसम्म चिनबाट केही कन्टेनर नेपाल आएको भएपछि त्यसप्रश्चात भने नाका ठप्प प्रायः बनेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताएका छन् ।

‘चीन तर्फका सम्पूर्ण नाका खोल्ने भन्ने कुरा आएको हो । तर, अहिले नाका बन्द नै छ । सञ्चालन हुने भन्ने विषयमा कुनै आधिकारिक जानकारी आएको छैन’, सीडिओ खनालले भने, ‘नेतृत्वबाटै आधिकारिक रुपमा जानकारी आए नाका सञ्चालन हुन्छ । अहिले चिनियाँ पक्षबाट पनि जानकारी आएको छैन ।’

चीनको तिब्बततर्फ कोरोना संक्रमण बढेको भन्दै २५ साउनदेखि चिनियाँपक्षले नाकाबन्दी गरेको थियो । अघोषित रुपमा नाकाबन्दी हुँदा दशैंको मुखमा अर्बौ मुल्य बराबरको सामान नाकामै अड्किएको थियो । व्यापार गर्नुपर्ने समयमा सामान नाकामै रोकिएपछि चिन्तामा परेका व्यापारी नाका खुल्ने खबरसँगै केही उत्साहित बनेका छन् ।

‘नाका बन्द हुँदा ठूलो रकमको सामान नाकामै अड्कियो । व्यापार गर्नुपर्ने बेला हुँदापनि सामान छैन ।’ एक व्यापारीले अर्थ सरोकारसँग भने –‘अव नाका खुल्छ भन्ने जानकारी पाएका छौँ, खुल्यो भने व्यापारीलाई ठूलो राहत महशुस हुन्थ्यो । कमसेकम बचेको केही समय राम्रोसँग व्यापार गर्न पाउछौँ । दशैँमा पनि व्यापार गर्न नपाए त विस्थापित हुनुको विकल्प नै थिएन र छैन पनि ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी