×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

अर्थमन्त्रीको अर्को राम्रो काम, कोरोना बीमाको भुक्तानीका लागि १ अर्ब निकासा

SAGARMATHA CEMENTS

काठमाडौं । सरकारले लामो समयदेखि रोकिएको कारोना बिमाको दाबी भुक्तानीका लागि १ अर्ब बराबरको बजेट निकासा गर्ने भएको छ । गतसाता क्याबिनेटले १ अर्ब निकासा गर्ने निर्णय गरेसँगै अव भुक्तानी लिन बाँकी रहेका बिमितले दाबी रकम पाउने भएका छन् ।

‘पटक–पटकको ध्यानकर्षणपछि सरकारले समस्या सम्बोधन गरेको छ । कोरोना महामारीका समयमा नागरिकको सुरक्षारार्थ बीमा पोलिसी सुरु गरेका थियौँ ।’ बीमा समितिका एक सदस्यले भने, ‘सरकारले यसअघि नै कोरोना बीमाको भुक्तानीका लागि १ अर्ब निकासा गर्ने भनेको छ । तर, अहिलेसम्म खातामा पैसा आएको छैन । पैसा आउने बित्तिकै बाँकी भुक्तानीका लागि प्रक्रिया अगाडी बढाउछौँ ।’

यसो त यसभन्दा अघि अर्थमन्त्री जनार्दन शर्माले छिट्टै कोरोन बीमाको बाँकी रहेको दाबि रकम भुक्तानीमा सरकार सकरात्मक भएको अभिव्यक्ति दिएका थिए । उनले सार्वजिक रुपमै कोरोना बीमा भुक्तानीका लागि बजेट निकासा गर्ने प्रतिबद्दतासमेत गरेका थिए । सोहि अनुसार  अर्थ मन्त्रालयबाट १ अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको बीमा समितिले जानकारी दिएको छ ।

कोरोना बीमा मार्गनिर्देशन २०७७ अनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेको थिए । जसमध्ये १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी परेको थियो । दाबी रकममध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समिति समेतबाट ३ अर्ब ५० करोड दावी भुक्तानी भएको छ । अब सरकारको दायित्वमा १२ अर्ब ३२ करोड भन्दा बढी दावी भुक्तानी तिर्न बाँकी छ । साढे ३ अर्ब भन्दा बढीको दायित्व सकारले लिने गरी कोरोना बीमा मार्गदर्शन आएको थियो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal