काठमाडौं । दशैं तिहार नजिकिएसँगै अव धेरैलाई चिन्ता छ, ‘बसको टिकट पाइन्छ कि पाइन्न ?’तर, यसवर्ष भने लामो दुरीको यात्राका लागि असोज १ गतेबाट नै बुकिङ खोल्ने तयारी गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेबाट नै दशैंका लागि लामो दूरीमा बसको टिकट बुकिङ खोल्ने तयारी गरेको हो ।
टिकट बुकिङ खोल्ने सन्दर्भमा बुधबार यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरी लगायत सरोकारवाला निकायबीच छलफल हुँदैछ ।
चाडपर्वका समयमा बढ्ने यात्रुको चापलाई व्यवस्थित गर्नका लागि छलफल बोलाएको यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले बताएका छन् । ‘यातायात व्यवसायीबीच छलफल गरेर मात्र टिकट बुकिङ खोलिने छ । तर, कहिलेदेखि बुकिङ खोल्ने भन्ने चाहिँ छलफलपछि नै थाहा हुन्छ ।’ उनले भने -‘बाढीपहिरोले अवरुद्ध राजमार्ग दसैँअघि पूर्ण रुपमा सञ्चालनमा ल्याइसक्नका लागि सडक विभागसँग समन्वय गरी आवश्यक निर्देशन समेत जारी गरिसकिएको छ ।’
‘बुधबारको छलफलमा असोज १ गतेबाट लामो दूरीमा बस टिकट बुकिङ खोल्नेगरी प्रस्ताव राख्छौँ’, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले भने, ‘लामो दूरीमा बसको टिकट बुकिङ खोल्ने सवालमा अन्तिम निश्कर्ष छलफलपछि नै निस्किन्छ ।’ यसभन्दा अघि घटस्थापनाको एक साता अघिबाट मात्र अग्रिम टिकट बुकिङ खोलिदै आएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्