×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनसान महाबौद्धः दशैँको मुखैमा पनि चलेनन् व्यापार, लुडो खेलेरै बित्छ व्यापारीको दिन (फोटो-कथा)

PRIME CA

सुनसान महाबौद्धः दशैँको मुखैमा पनि चलेनन् व्यापार, लुडो खेलेरै बित्छ व्यापारीको दिन (फोटो-कथा)

२७ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हिन्दु नेपालीहरुको महान् पर्व ‘दशैं-तिहार’ नजिकिदै छ । तर, चाडपर्वको समयमा पनि काठमाडौंका विभिन्न व्यापारीक क्षेत्रहरु सुनसान प्राय बनेका छन् । व्यापारका लागि निकै चर्चित मानिने महाबौद्ध यस वर्ष एक्लो देखिन्छ । कुनै वर्ष बोल्नसम्म फुर्सद नपाउने यहाँका व्यापारीको दैनिकी ‘लुडो’ खेलेरै बित्छ ।

चाडपर्वका बेलामा पारिवारिक तथा व्यक्तिगत किनमेलका लागि निकै प्रसिद्ध मानिने महाबौद्ध अहिले भने एक्लो देखिन्छ । ‘व्यापारीहरुको लागि यो वर्ष अहिलेसम्मकै सबैभन्दा झुर वर्ष सावित भयो’, एक व्यापारीले भने, ‘ऋण मात्रै थुप्रिएको छ, व्यापार शुन्य हुँदा विस्थापित हुने पिर छ ।’

अहिले महाबौद्धमात्र होइन काठमाडौंका अधिकांश व्यापारिक क्षेत्रको अवस्था यस्तै छ । व्यापार शुन्यमा पुगेको छ भने बजारमा नागरिकको चहलपहल ह्वात्तै घटेको छ । यसो त उत्तरी नाकामा भएको अघोषित नाकाबन्दी र कोरोनाले थला पारेको व्यापार अझै १५ दिन यस्तै चले व्यापारीहरु व्यापारबाटै विस्थापित हुने डरमा छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: