×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हालसम्मकै रेकर्ड तोड्दै नयाँ उचाईमा डरलको भाउ, १ डलरकै १३१ रुपैयाँ ४१ पैसा कायम

काठमाडौं । केही समयदेखि निरन्तर उकालो लाग्दै आएको डलरको भाउले फेरी नयाँ उचाई कायम गरेको छ । अहिलेसम्मकै सम्पूर्ण रेकर्ड तोड्दै हाल अमेरिकी डलरको भाउ उच्च विन्दुमा पुगेको छ । हाल १ डलरको भाउ (बिक्रीदर) १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३० रुपैयाँ ८१ पैसा कायम भएको छ ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर, विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

यसअघि मंगलबार १ डलरको भाउ (बिक्रीदर) १३० रुपैयाँ ९० पैसा र खरिददर १३० रुपैयाँ ३० पैसा कायम भएर हालसम्म कै उच्च विन्दुमा पुगेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: