×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

खसीबोका र च्याङ्ग्रा बिक्रीसँगै परीक्षण गर्न पनि सुरु, खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरु गरेको छ ।

खाद्यले असोज १२ गते बिहान १० बजेदेखि थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको हो ।

यस वर्ष खाद्यले दाङ, धादिङ, मकवानपुर र पर्सा लगायतका जिल्लाबाट खसीबोका र दार्चुलाबाट च्याङ्ग्रा ल्याइएको छ ।

यस्तै पशुसेवा विभागले भने दशैंको समयमा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने अस्वस्थकर खसीबोका व्यापार हुन सक्ने भएकाले मंगलबारबाट परीक्षण पनि सुरु गरेको छ ।

परिक्षणपछि खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर लगाइने पशुसेवा विभागले जानकारी दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: