×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेनको एक्सनले खाली भयो इन्द्रचोकको फुटपाथ, मुस्कुराउदै हिंडे नागरिक, सुन्दर देखिए सम्पदा (फोटो-कथा)

PRIME CA

बालेनको एक्सनले खाली भयो इन्द्रचोकको फुटपाथ, मुस्कुराउदै हिंडे नागरिक, सुन्दर देखिए सम्पदा (फोटो-कथा)

२४ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुरु गरेको ‘अवैध संरचना र फुटपाथको व्यापार’ हटाउने अभियानले सार्थकता पाएको छ ।  वर्षौंदेखि अव्यवस्थित व्यापारका कारण खचाखच भरिने काठमाडौंका सडक तथा गल्लि अहिले चौडा र फराकिला बनेका छन् । जसको पछिल्लो उदाहरण हो असर र इन्द्रचोक ।

केहि समय अघि असन र इन्द्रचोकको ती साँघुरा गल्लीको दाँया-बाँया दुवैतिर पसल देखिन्थे । व्यापारीहरु चिच्याइचिच्याई व्यापार गर्थे, हिड्नका लागि पैदलयात्रीलाई सकस पर्थ्यो । अझ सवारी साधन लिएर सो सडकमा हिड्नु भनेको धेरैका लागि फलामको चिउरा चपाउनु जस्तै हुन्थ्यो । तर, अहिले ती सडक खुला र फराकिलासंगै सुन्दर देखिएका छन् । महानगरले असन र इन्द्रचोकको फुटपाथमा संचालन हुदै आएका अनाधिकृत व्यापार हटाएसंगै अहिले असन र इन्द्रचोकको सुन्दरता  झनै बढेको छ ।

सडक फराकिलो भएसंगै पैदलयात्रीलाई समेत सहज भएको छ । काठमाडौंको सबैभन्दा पुरानो असनको व्यापार अहिले व्यवस्थित देखिन्छ । असनको अव्यवस्थित व्यापार हटेसंगै अहिले इन्द्रचोकको सुन्दरता असनबाटै नियाल्न सकिन्छ । फुटपाथको व्यापार हटेसंगै पहिले सो सडक हिड्न नै दिक्क मान्ने पैदलायात्री पनि मुस्कुराउदै हिडिरहेका देखिन्छन । बाँकी फोटो फिचरमा हेर्नुहोस् : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: