×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असनको फुटपाथमा नगरप्रहरीको माईकिङ -‘२४ घण्टामा व्यापार नहटाए गाडी आएर लैजान्छ’

PRIME CA

असनको फुटपाथमा नगरप्रहरीको माईकिङ -‘२४ घण्टामा व्यापार नहटाए गाडी आएर लैजान्छ’

२१ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अनाधिकृत संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले मंगलबारबाट फुटपाथको व्यापार हटाउने अभियान सुरु गरेको छ । मंगलबार बिहानैदेखि नगर प्रहरीसहितको टोली असनको फुटपाथमा देखिएको छ । मेयर बालेन्द्र शाहको निर्देशनमा उनीहरुले फुटपाथमा संचालन गरिएका पसलहरु हटाउन सुरु गरेका छन् ।

मंगलबार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको काठमाडौं महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । ‘फुटपाथको अव्यवस्थित व्यापारले पैदलयात्रीलाई बाटो हिँड्नै असहज बनाएको छ । सोही अवस्थालाई ध्यानमा राखेर फुटपाथको व्यापार हटाउने मेयरसापको निर्देशन अनुसार असन क्षेत्रको फुटपाथको व्यापार हटाउन सुरु गरेका हौँ ।’ पाण्डेले भने -‘फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरु २४ घण्टाभित्रमा खाली गर्न निर्देशन दिएका छौँ । आशा छ बल प्रयोग गर्नुपर्ने अवस्था आउँदैन ।’ त्यस्तै महानगरको निर्देशन नमाने गाडी आएर सामान लैजाने नगर प्रहरी प्रमुख पाण्डेले बताएका छन् ।

साँघुर सडकमा अव्यवस्थित रुपमा व्यापार संचालन गर्दा पदैलयात्रीलाई हिँड्न असहजमात्रै भएको छैन, बरु शहर नै कुरुप देखिएका छन् । फुटपाथको व्यापार हटेसँगै पैदलयात्रीका लागि पनि निकै सहज हुने विश्वास गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: