काठमाडौं । नबिल बैंकले ‘नबिल जेन अल्फा’ एप्लिेकेशन सार्वजनिक गरेको छ । बुधबार बाल दिवशको अवसरमा एक कार्यक्रम आयोजना गर्दै बैंकले ‘नबिल जेन अल्फा’ लन्च गरेको हो ।
‘जेन अल्फा’ले बालबच्चाको व्यक्तित्व विकाससँगै सामाजिक बानी विकासका लागि सहयोग गर्ने बैंकले जनाएको छ । एपमार्फत अभिभावकले विभिन्न कार्य तोक्न सक्नेछन् । बालबालिकाले सो एपमार्फत अभिभावकले तोकेको काम ‘टास्क’का रुपमा सम्पन्न गर्नुपर्ने हुन्छ । यसरी गरिने कामको अभिभावकले मुल्य समेत तोक्न सक्नेछन् ।
यसरी तोकिएको काम सम्पन्न गरेको आधारमा अभिभावकले निश्चित रकम आफ्नो बच्चाको खातामा पठाउन सक्छन् । अभिभावकको रकमान्तरको यस्तो आदेश बैंकलाई दिएर बैंकले नै एप मार्फत् बच्चाले पुरा गरेको कामको आधारमा रकम बच्चाको खातामा जम्मा गरिदिन पनि सक्छ । यस्तो बचत खातामा ६.०३ प्रतिशत ब्याजदर हुनेछ । बच्चाको बचत ३० हजारभन्दा धेरै पुगेपछि सोही खातामा १० हजार रहनेगरि बाँकी रकम बैंकले सञ्चयी (क्युमुलेटिभ) मुद्दती खातामा जम्मा गरिदिनेछ । यस्तो खातामा भने ९.०३ प्रतिशत ब्याज प्राप्त हुनेछ ।
तस्विरमा हेर्नुहोस् बुधबार गरिएको ‘नबिल जेन अल्फा’ लन्च कार्यक्रमका केही झलकहरुः



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्