×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेटा नष्ट गरेको आरोपमा जेनसका सीईओ पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डेटा नष्ट गरेको आरोपमा जेनसका सीईओ पक्राउ

Artha Sarokar

२६ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डेटा नष्ट गरेको आरोपमा जेनस सोलुसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रशन्न पोखरेल पक्राउ परेका छन् । सुन्दर ग्रुप अफ कम्पनिज प्रालिको अनाधिकृत रुपमा होस्टिङ गरिएको डेटा नष्ट गरी क्षति पुर्याएको भन्दै पोखरेललाई साइबर ब्युरोले पक्राउ गरेको हो ।

सुन्दर ग्रुप अफ कम्पनिज प्रा.लिले कम्प्युटर तथा लेखा सम्बन्धी उपकरणहरुको कारोबार गर्दै आएको थियो । यो सँगै कम्पनीले कम्प्युटरको थोक व्यापार तथा विभिन्न वस्तुको आयात लगायतको काम गर्दे आएको छ । कम्पनीले ग्राहकलाई लक्षित गर्दै तयार गरेको वेब पोर्टल निर्माण गरी सो पोर्टल होस्टिङ जिम्मा जेनस सोलुसन प्रा.लीलाई दिएको थियो । तर, अनाधिकृत रुपमा कम्पनीको एकाउन्टमा प्रवेश गरी पूर्व सूचना सम्पुर्ण डेटा नष्ट गरेको आरोप लागेको छ ।

‘साइबर क्राइम’ अन्तर्गत प्रहरीले सो प्रकरणमा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानबाट सो कार्यमा कम्पनीका सीईओ प्रशन्न पोखरेलको संलग्नता रहेको भन्दै पक्राउ गरेको प्रहरीले जनाएको छ । ‘उनलाई अदालतको आदेश अनुसार उनकै कार्यालयबाट पक्राउ गरिएको हो’, प्रहरी स्रोतले भन्यो, ‘भदौ २२ मा पक्राउ परेका पोखरेललाई अदालतबाट तीन दिन म्याद थप गरी थप अनुसन्धान गरेको छ ।’

जेनस सोलुसनको ग्लोबल सीटीओमा अञ्जनीकुमार फुयाँल, पाकिस्तान सीईओमा राजा मेहमूद र बङ्ग्लादेशका लागि प्रबन्ध निर्देशकमा जियाउल हुसेन रहेका छन् । जेनस सोलुसनले आफूलाई अमेजन वेब सर्भिस तथा क्लाउड कन्सल्टिङ कम्पनीको आधिकारिक क्लाउड कन्सल्टिङ प्रदायक दाबी गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी