काठमाडौं । स्वास्थ्य सेवा सुधारका लागि अनशन बसेका डा. गोविन्द केसीले १३ औँ दिनमा अनशन तोडेका छन् । शनिबार त्रिवि शिक्षण अस्पतालमा सरकारसँग १० बुँदे सहमति भएसँगै केसीले अनशन तोडेका हुन् ।
१० बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै केसीले सरकारले माग पुरा गर्नेमा विश्वास व्यक्त गरे । उनले शिक्षण अस्पतालमै उपचाररत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरेका छन् ।
डा. केसीको माग अनुसार सरकारी अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न हाल कायम रहेको चिकित्सकको दरबन्दी थप गर्ने सर्तमा सरकार तयार भएको छ । त्यसका लागि ५०० शैयाको अस्पतालहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम सम्पन्न गरी शीघ्र स्वीकृतिको प्रक्रियामा लैजाने सहमति भएको छ । त्यस्तै अन्य सरकारी अस्पतालको पनि संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम छिटो सक्ने सरकारले सहमति जनाएको छ ।
त्यस्तै सबै सरकारी अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्न सरकार तयार भएको छ । शनिबार डा. केसीसँग भएको सहमति अव सरकारले क्याबिनेटमा पेश गर्नेछ । सहमति अनुसार आगामी सात दिनमा कार्यान्वयन नभए पुनः अनशन जारी गर्ने चेतावनी दिएका छन् ।
यस्तो छ त्रिवि शिक्षण अस्पतालमा भएको सहमतिका केही झलकहरुः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्