काठमाडौँ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले १६ करोड २७ लाख ७५ हजार रकम बराबरका सेयर सर्वसाधारणको लागि निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।
कम्पनीले निष्काशन गर्न लागेको १६ करोड २७ लाख ७५ हजार रकम मध्ये ५ करोड ४२ लाख ५८ हजार ३ सय रकम बराबरको सेयर आयोजना प्रभावित क्षेत्र बासिन्दाहरुको लागि र १० करोड ८५ लाख १६ हजार ७ सय रकम बराबरको सेयर सामूहिक लगानी कोष सहित सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।
उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल रहेको छ । कम्पनीको हाल जारी पूँजी ३७ करोड ९८ लाख ८ हजार तीन सय रुपैया रहेको छ । सार्वजनिक निष्काशन पश्चात कम्पनीको जारी पूजी तथा चुक्ता पूँजी ५४ करोड २५ लाख ८३ हजार तीन सय कायम हुनेछ ।
संखुवासभा जिल्लामा रहेको माथिल्लो पिलुवा खोलाबाट ४.७२ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । निर्माणधीन माथिल्लो पिलुवा खोला-२ जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्