×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सेनाका प्रमुख पाण्डे नेपालमा…(फोटो-फिचर)

PRIME CA
GLOBAL IME BANK

भारतीय सेनाका प्रमुख पाण्डे नेपालमा…(फोटो-फिचर)

१९ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पाण्डेलाई नेपाली सेनाको एक टोलीले स्वागत गरेको हो । पाण्डे आइतबार दिउँसो नै पाँच सदस्यीय टोलीका साथ काठमाडौं आइपुगेका हुन् ।

पाँचदिने भ्रमणको पहिलो दिन सोमबार जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि उनलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा गार्ड अफ अनर दिने कार्यक्रम रहेको छ र त्यस्तै भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई हुने सहयोग घोषणा हुनेछ । सोमबार नै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नेछन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: