×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१:१ स्वाप रेसियोमा सम्झौता भएको सानिमा जनरल र जनरल इन्स्योरेन्सले विशेष साधारण सभा डाके, मर्जर प्रस्ताव पेश गरिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१:१ स्वाप रेसियोमा सम्झौता भएको सानिमा जनरल र जनरल इन्स्योरेन्सले विशेष साधारण सभा डाके, मर्जर प्रस्ताव पेश गरिने

Artha Sarokar

२७ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्सले मर्जर प्रस्ताव गर्ने भएका छन् । दुवै कम्पनीले असोज ११ गते आह्वान गरेको विशेष साधारण सभाको अवसरमा मर्जर सम्झौता प्रस्ताव गर्नेछन् । ११ गते सानिमाको सभा कुण्डलीनी दरवार बैङक्वेट, चन्डोल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । भने जनरल इन्सुरेन्सको सभा पनि ११ बजे अमृतभोग कालिकास्थान, डिल्लीबजार काठमाडौंमा हुने भएको छ । मर्जरपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स रहने छ ।

असार २९ गते कम्पनीले मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । मर्जर प्रश्चात संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१ः४९ कायम गर्न प्रस्ताव पनि सभामै पेश गरिने कम्पनीले जनाएका छन् । यी दुई कम्पनीहरुबीच असार २९ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

हाल सानिमा जनरल इन्स्योरेन्सको १ अर्ब र जनरल इन्सुरेन्सको चुक्ता पुँजी पनि १ अर्ब रुपैयाँ छ । कम्पनीहरुले १ बराबर १ को स्वाप रेसियोमा मर्जर सम्झौता गरेका छन् । मर्जर पश्चात कायम हुने कम्पनीको पुँजी २ अर्ब रुपैयाँ हुनेछ । सानिमा र जनरल इन्सुरेन्स एक आपसमा गाभिने भएपछि हाल दुवैको सेयर कारोबार रोक्का गरिएको हो ।

बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन् । बिमा समितिको गत चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी