×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल र जनरल इन्स्योरेन्सको मर्जरले अन्तिम रुप पाउँदै, सेयर अनुपात ५१:४९ कायम गर्न प्रस्ताव गरिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ आश्विन २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

सानिमा जनरल र जनरल इन्स्योरेन्सको मर्जरले अन्तिम रुप पाउँदै, सेयर अनुपात ५१:४९ कायम गर्न प्रस्ताव गरिने

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले मर्जर प्रक्रियालाई अन्तिम रुप दिने भएका छन् । असोज ११ गते मंगलबार दुवै कम्पनीले साधारण सभा डाकेका छन् । सोही सभाबाट मर्जरलाई अन्तिम रुप दिने कम्पनीले जनाएका छन् ।

सानिमा जनरल र जनरल इन्स्योरेन्सले मर्जर प्रस्ताव गर्ने भएका छन् । दुवै कम्पनीले असोज ११ गते आह्वान गरेको विशेष साधारण सभाको अवसरमा मर्जर सम्झौता प्रस्ताव गर्नेछन् । ११ गते सानिमाको सभा कुण्डलीनी दरवार बैङक्वेट, चन्डोल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । भने जनरल इन्स्योरेन्सको सभा पनि ११ बजे अमृतभोग कालिकास्थान, डिल्लीबजार काठमाडौंमा हुने भएको छ । मर्जरपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स रहने छ ।

असार २९ गते कम्पनीले मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । मर्जर प्रश्चात संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१ः४९ कायम गर्न प्रस्ताव पनि सभामै पेश गरिने कम्पनीले जनाएका छन् । यी दुई कम्पनीहरुबीच असार २९ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

हाल सानिमा जनरल इन्स्योरेन्सको १ अर्ब र जनरल इन्स्योरेन्सको चुक्ता पुँजी पनि १ अर्ब रुपैयाँ छ । कम्पनीहरुले १ बराबर १ को स्वाप रेसियोमा मर्जर सम्झौता गरेका छन् । मर्जर पश्चात कायम हुने कम्पनीको पुँजी २ अर्ब रुपैयाँ हुनेछ । सानिमा र जनरल इन्स्योरेन्स एक आपसमा गाभिने भएपछि हाल दुवैको सेयर कारोबार रोक्का गरिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: