×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशमा काम गर्ने नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने व्यवस्थासहितको नियमावली मन्त्रीपरिषदद्वारा स्वीकृत !

PRIME CA

विदेशमा काम गर्ने नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने व्यवस्थासहितको नियमावली मन्त्रीपरिषदद्वारा स्वीकृत !

२३ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । विदेशबाट नेपाल रेमिट्यान्स पठाउने नेपालीहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने व्यवस्थासहितको नियमावली मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ । सोमबार बसेको क्याबिनेटको बैठकले यस्तो व्यवस्थासहितको ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३’ पाँचौ संसोधन सहितको नियमावली स्वीकृत गरेको हो । यो सँगै अव विदेशबाट नेपाल रेमिट्यान्स पठाउनेलाई आईपीओमा १० प्रतिशत आरक्षण दिईने भएको छ। अव धितोपत्र बोर्डमा क्याबिनेटको स्वीकृतिको औपचारिक पत्र पुगेपछि यस विषयमा थप काम अगाडी बढ्नेछ ।

‘देशको अर्थ व्यवस्थामा महत्वपूर्ण भूमिका निर्वाह गर्न रेमिट्यान्सको ठूलो योगदान छ । ती वर्गलाई महत्व दिनेगरी बोर्डले प्रस्ताव गरेको नियमावली क्याबिनेटले पास गरेको छ ।’ एक मन्त्रीले अर्थ सरोकारसँग भने -‘बोर्डबाट प्रस्ताव गरिएका नियमावली पास भएको छ । यसले अव बैध च्यानलबाट रेमिट्यान्स पठाउनेहरुको संख्या पनि बढ्ने आशा गरेका छौं ।’

सो क्याबिनेटले धितोपत्र बोर्डका तीन नियमावली पास गरेको ती मन्त्रीको भनाई छ । उनका अनुसार क्याबिनेटबाट ‘धितोपत्र व्यवसायी, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी नियमावली, २०६४’को संसोधनसहितको नियमावली, ‘नयाँ स्टक एक्सचेन्ज ल्याउने गरी धितोपत्र बजार संचालन नियमावली, २०७४’ को नियमावली र ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३’ पाँचौ संसोधन सहितको नियमावली क्याबिनेटले पास गरेको हो ।

क्याबिनेटले गरेको निर्णयसँगै अव नेपालमा नयाँ स्टक एक्सचेन्ज खोल्ने बाटो पनि खुलेको छ भने नयाँ स्टक ब्रोकर लाइसेन्सका लागि पनि सबैलाई बाटो खुलेको छ । यसअघि सिमित ब्रोकरहरुको सेयर बजारमा सिन्डिकेट हुँदा लगानीकर्ता मारमा थिए । धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएपछि उनले ‘कुलमान शैली’मा काम गर्दा लगानीकर्ताका पक्षमा निरन्तर काम भईरहेको छ । यसअघि बोर्ड अध्यक्ष हमालकै पहलमा बैंकहरुको सि-आश्वा शुल्कसमेत घटेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: