काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले खानेतेलको कच्चापदार्थमा लिइँदै आएको भन्सार महशुल ९० प्रतिशतले कटौती गरेका छन् । शर्माले खानेतेलको कच्चापदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार दरलाई १ प्रतिशतमा झारेका हुन् ।
यसभन्दा अघि कर प्रशासन सुधार्न बनेको समितिले दिएको सिफारिसका आधारमा अर्थमन्त्री शर्माले खानेतेलमा लाग्दै आएको कर घटाएका हुन् । ‘हरेक वर्ष चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको भाउ बढ्कै हुन्छ । अझ सबैभन्दा बढी खपत हुने खानेतेलको भाउ सँधै आकाशिएकै रेकर्ड थियो । हामीले जतिमा खरिद गर्छौं, थोरै केही मार्जिन लिएर बेच्ने गर्छौं ।’ एक व्यापारीले अर्थ सरोकारसँग भने -‘तर, सरकारको निर्णयले यसवर्ष कम मूल्यमै भान्सा मिठो हुनेभयो । प्रतिलिटरमा एकैपटक २० रुपैयाँ सस्तो हुँदा उपभोक्ताले पनि राहत महशुस गरेका छन् ।’
अर्थमन्त्री शर्माले खानेतेलको कच्चापदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार दर घटाएर एक प्रतिशतमा झारेपछि खानेतेलको मूल्य लिटरमै २० रुपैयाँ सस्ता भएको छ ।
सोयाबिन, सनफ्लावर, पामतेलको कच्चापदार्थको भन्सार १० प्रतिशत थियो । तर, शर्माले उद्योगीका मागभन्दा फरक तरिकाले भन्सार घटाइदिएका हुन् । तेल उद्योगीले कच्चातेल मगाउँदा १० प्रतिशत भन्सार तिर्थे। तर, शर्माले तयारी वस्तुको भन्सार १५ बाट झारेर ५ मा ल्याए भने तेल उद्योगीले कच्चा पदार्थ नै १० प्रतिशतमा आयात गर्नुपर्ने अवस्था बनेको थियो । त्यसपछि तेल उद्योगीले बिस्कुटलाई दिइएको सुविधा हटाउन माग गरिरहेका थिए । तर, शर्माले बिस्कुट उद्योगीलाई अन्याय नगरी तेल उद्योगीले ल्याउने कच्चापदार्थ एक प्रतिशतमा झारेका हुन् । यसमा मूल्य अभिवृद्धि कर (भ्याट) भने यथावत छ ।
यस्तै तोरीगेडा आयातमा पनि अर्थमन्त्री शर्माले ठूलो राहत दिएका छन् । यसभन्दा अघि तोरीगेडा आयात गर्दा १० प्रतिशत कर तिर्नुपथ्र्यो । ५० प्रतिशत छुट मिललाई दिइएको थियो भने अहिले अर्थमन्त्री शर्माले त्यसमा पनि ९० प्रतिशत छुट दिएका छन् । अव तोरिगेड आयात गर्दापनि एक प्रतिशत मात्रै भन्सार तिरे पुग्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्