×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

‘बैंकिङ प्रणालीको सुधारका लागि बृहत छलफल हुनुपर्छ, उत्पादनमुलक क्षेत्रमा सस्तो कर्जा प्रवाह गर्नुपर्छ’ -अर्थमन्त्री शर्मा

BIZBAZAR

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ प्रणालीमा देखिएको तरलता संकट व्यवस्थापनमा अव गम्भिर हुनुपर्ने बताएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले विगत लामो समयदेखि नेपाली बैंकिङ प्रणालीमा तरलता संकटले जरा गाडेको बताएका हुन् ।

‘विगत लामो समयदेखि नेपाली बैंकिङ प्रणालीमा तरलता संकटको समस्या देखिदै आएको छ । गभिरतापुर्वक यसको समाधानको बाटो तय गर्नुपर्छ ।’ अर्थमन्त्री शर्माले भने -‘बैंकिङ प्रणालीमा देखिएको यो समस्या चाँडै समाधान गर्नका लागि गम्भिर हुनुपर्छ । यसको समाधानका लागि राष्ट्र बैंकको नेतृत्वमा बैंक तथा वित्तीय संस्था र अर्थामन्त्रालयले बृहत छलफल गर्नुपर्छ ।’

यस्तै कार्यक्रममै बोल्दै अर्थमन्त्री शर्माले उत्पादनमुलक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले सस्तो ब्याजमा कर्जा लगानी गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । यो सँगै अर्थमन्त्री शर्माले बैंकिङ प्रणालीमा देखिएको समस्याप्रति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ध्यानाकर्षण समेत गराएका छन् । कार्यक्रममा गभर्नर र अर्थमन्त्रीले बाँकी के के भने ? हेर्नुहोस् भिडियोमा :

 

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arth[email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal