काठमाडौं । नागरिकता विधेयकको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । आइतबार नेपाल विद्यार्थी संघले राष्ट्रपतिको विरोधमा त्रिचन्द्र क्याम्पस अघि पुत्ला दहन गर्दै आन्दोलन गरेका थिए ।
नागरिक विधेयक प्रमाणिकरण नगरेको भन्दै राष्ट्रपतिको पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थिको एक समूह आक्रोशित बनेको थियो । आक्रोशित भिडले सुरक्षाकर्मीहरुमाथि ढुंगा प्रहार गरेका थिए । विद्यार्थीको आक्रमणको प्रतिरोध गर्दै प्रहरीले पनि जवाफमा ईंटा प्रहार गरेको थियो । यसरी शन्तिपूर्ण रुपमा संचालन भईरहेको आन्दोलनले उग्र रुप लिँदा केही क्षणका लागि त्रिचन्द्र क्याम्पस क्षेत्र ‘क्रुक्षेत्र’ बनेको थियो ।
विद्यार्थी र प्रहरीबीच दोहोरो झडप हुँदा केही समय यातायात समेत ठप्प भएको थियो । झडपमा परि केही विद्यार्थी घाइते समेत भएका छन् । विद्यार्थीहरुले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गर्दै नारावाजी गरेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्