
यसैबीच सो घटनाप्रति पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले पनि ध्यानाकर्षण जनाएको छ । एक विज्ञप्ति जारी गर्दे महासंघले पत्रकारलाई समाचार संकलनमा रोक लगाउनु, हातपात गर्नु र संचार सामाग्रीमा क्षति पुर्याउनु स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप भएको ठहर गरेको छ । समाचार वा समाचारको विषयमा चित्त नबुझे अन्य थुप्रै कानुनी बाटो हुँदाहुँदै पनि बैंकका सुरक्षागार्डले गरेको दुव्र्यवहार मिडियाविरोधी काम भएकोले दोषीलाई कार्वाहीका लागि महासंघले अपिल समेत गरेको छ ।
लक्ष्मी बैंकका सुरक्षागार्डले रिपोर्टिङमा गएका काष्ठमाण्डपको रिपोर्टरलाई हातपात गरेपछि सहयोगका लागि त्यहाँ पुगेका लेदन राई, योगेश पाठक, ब्रज किशोर पटेल र क्यामरा म्यान राजेन्द्र तामाङलाई समेत गार्डले हातपात गरी क्यामेरामा समेत क्षति पुर्याएको दाबी गरेका छन् । त्यसपछि महानगरीय प्रहरी प्रभाग दरवारमार्गबाट आएका प्रहरी टोलीले घटना सम्बन्धी सोधपुछ गरी थप छानविनको प्रक्रिया अगाडि बढाएको छ ।

बैंकको दाबी अर्कै !
यता बैंकले भने घटनामा संलग्न सुरक्षागार्ड लक्ष्मी बैंकको नभएको दाबी गरेको छ । अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका सूचना अधिकारी पियुसराज अर्यालले घटना लक्ष्मी बैंकको केन्द्रीय कार्यालय रहेको भवनमा भएको भएपनि सुरक्षागार्ड भने आफ्नो बैंकको नभएको दाबी गरेका छन् ।
‘सो दिन काष्ठमाण्डप टेलिभिजनका पत्रकारहरु रिपोर्टिङका लागि लक्ष्मी बैंक भएको भवनमा आउनुभएको हो, लक्ष्मी बैंकमा आउनु भएको होइन । लक्ष्मी बैंक भएकै बिल्डिङको अर्को कम्पनीमा आउनुभएको थियो । यो घटना लक्ष्मी बैंकसँग सम्बन्धित केस होइन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै अर्यालले भने -‘पत्रकारमाथि हातपात गर्ने पुरा बिल्डिङका साझा गार्ड हुन् । उहाँहरु रिपोर्टिङका लागि अर्कै कम्पनीमा आउनुभएको थियो तर सोही भवनमा लक्ष्मी बैंकको कार्यालय पनि भएकोले बैंकको नाम मात्रै जोडिएको हो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्