×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरको नक्सा पास गर्न महानगरको ९० दिने अल्टिमेटम, पर्खाल भत्काउन ३५ दिन सयम, अटेर गरे डोजर चल्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

घरको नक्सा पास गर्न महानगरको ९० दिने अल्टिमेटम, पर्खाल भत्काउन ३५ दिन सयम, अटेर गरे डोजर चल्ने

Artha Sarokar

२३ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले घर तथा भवनको नक्सा पास गर्नका लागि ९० दिनको समय दिएको छ । एक सूचना जारी गर्दै महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास ९० दिनभित्र गरिसक्न आग्रह गरेको हो ।

महानगर क्षेत्रमा निर्माण गरिएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास गर्न सूचना मार्फत अपिल गरेको महानगरको शहरी व्यवस्थापन विभागले जनाएको छ । नक्सा पास नभएका घर तथा भवनले सूचना जारी भएको मितिदेखि ९० दिनभित्रमा नक्सा पास गर्नुपर्नेछ । ‘तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरुको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कार्वाही हुनेछ ।’ -सूचनामा उल्लेख गरिएको छ ।

यस्तै, महानगरले घरको सीमा पर्खालको नक्सा पास गर्न पनि अपिल गरेको छ । नक्साविनै बनाइएका सीमा पर्खाल (कम्पाउन्ड वाल) ३५ दिनभित्र भत्काउन पनि महानगरले आग्रह गरेको छ । अनाधिकृत रुपमा बनाइएका सीमा पर्खाल सूचना जारी भएको ३५ दिनभित्र भत्काउनुपर्नेछ । घरधनिले नभत्काए महानगरपालिकाले भत्काउने चेतावनी दिइएको छ ।

जुनसुकै प्रकृतिको घरजग्गा घेर्न निर्माण गरिने सीमा पर्खालको नक्सा पेश गरी प्रचलित कानूनअनुसार नक्सा पास भएपछि मात्र त्यस्तो सीमा पर्खाल लगाउन महानगरले आग्रह गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी