×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खप्तड लघुवित्तको आइपीओ बाँडफाँट, १२ हजार ३ सय ४० जनाले बजाए ताली, बाँकीको हात खाली !

PRIME CA
GLOBAL IME BANK

खप्तड लघुवित्तको आइपीओ बाँडफाँट, १२ हजार ३ सय ४० जनाले बजाए ताली, बाँकीको हात खाली !

२० भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । खप्तड लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । आज भदौ २० गते सोमबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँड गरेको हो । लघुवित्तको आइपिओमा १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १२ हजार ३ सय ४० जनाले मात्र सेयर हात पारेका छन् ।

खप्तडले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यो मध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट तथा खप्तड लघुवित्तको वेबसाइटबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एण्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि नतिजा थाहा पाउन सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: