×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘किताब जात्रा’को पाचौँ संस्करण शुक्रबारदेखि सुरु (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

‘किताब जात्रा’को पाचौँ संस्करण शुक्रबारदेखि सुरु (फोटो-कथा)

२४ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ‘किताब जात्रा’को पाचौं संस्करण शुक्रबारबाट सुरु भएको छ । हरेक वर्ष किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’ कोरोना महामारीका कारण दुई वर्ष टेलिभिजनमार्फत सम्पन्न गरिएको थियो । तर, यसवर्ष भने ‘किताब जात्रा’ भौतिक उपस्थितिमै आयोजना गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्यतामा संचालन गरिएको ‘किताब जात्रा’का पहिलो दिन १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिएको छ । दुई वर्ष कोरोना संक्रमणका कारण भर्चुअल रुपमा आयोजना गरिएको भएपनि यसवर्ष भौतिक उपस्थितिमै आयोजना गर्न पाउँदा उत्साहित भएको कताब यात्रा प्रा।ली।का सीईओ विकेश भट्टराईले बताएका छन् ।

यसवर्ष जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कला लगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन् । विमर्शका साथै जात्रामा काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपनमाइकजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि रहने फेस्टिभल कोअर्डिनेटर सुवास अर्यालले जानकारी दिए । लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यसवर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिङ लगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १४ वटा सेसन रहनेछन् ।

त्यस्तै भारतका ख्यातिप्राप्त चलचित्र एवं रङ्गमञ्चका अभिनेता, संगीत निर्देशक, गीतकार, गायक तथा पटकथा लेखक पियुष मिश्राको विशेष प्रस्तुतिका साथै नाटक र ‘कुटुम्ब’ ब्यान्डको सांगीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । दुईदिन सम्म मनाईने किताब जात्राको पाँचौ संस्करणको शुक्रबार विधितव् रुपमा उद्घाटन भएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: