×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कृषि विकास बैंकको ४ करोड घोटला प्रकरण: दिपिका रेग्मीलाई ८ वर्ष कैदको फैसला

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ४ करोड घोटला प्रकरणमा संलग्नता ठहर गर्दै अदालतले २ जना विरुद्ध सजाय निर्धारण गरेको छ । तीन वर्षअघि बैंकको न्युरोड शाखामा भएको रकम अनियमिता प्रकरणमा दोषी ठहर गर्दै मंगलबार विशेष अदालतले दुई जना विरुद्ध सजाय सुनाएको हो ।

अदालतले प्रकरणकी मुख्य नाइके बैंककी तत्कालिन टेलर दिपिका रेग्मीलाई ८ वर्ष कैद र २ करोड ९२ लाख ४४ हजार ७ सय ४७ रुपैयाँ जरिवाना तोकेको छ । यता सो प्रकरणमा साथ दिएको भन्दै पूर्व जर्नेल रमेशराज विष्टलाई ४ वर्ष कैद र ३१ लाख ६८ हजार रुपैयाँ जरिवाना तोकेको हो ।

प्रकरणका आरोपित न्युरोड शाखामा कार्यरत शाखा प्रमुख गोपाल गिरी, कर्जा विभागका प्रमुख महेश्वर मरहठ्ठा र शाखा प्रबन्धक प्रेमहरि ढुंगेललाई भने अदालतले सफाइ दिएको छ ।

तीन वर्षअघि भएको थियो ४ करोड घोटाला
कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर नागार्जुन-१ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिएकि थिइन् । उनको करिब ३३ लाख रुपैयाँ सेनाका सहायक रथी डा रमेश विष्टको बैंक खातामा भेटिएको थियो । सहायक रथी डा. विष्टलाईलाई रेग्मीले मामा भनेर बोलाउने गरे पनि खासमा उनीहरु प्रेमी(प्रेमीका थिए। अवैध रुपमा बैंकबाट निकालेको रकममध्ये दीपिकाले २ करोड ६७ लाख रुपैयाँ बराबरको गहना किनेकी थिईन् । सोही समयमा प्रहरीले उनको बैंकको लकरबाट एक सय ७० तोला सुन बरामद गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले गरेको सो रकम दीपिकाले गहना किनेर र विदेश घुमेर सिध्याएको निश्कर्ष निकालेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: