×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो, अब कहिलेसम्म पाईन्छ भर्न ?

PRIME CA
GLOBAL IME BANK

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो, अब कहिलेसम्म पाईन्छ भर्न ?

२१ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कुमारी बैंकले बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय थपिएको छ । बैंकले भदौ १७ गतेबाट खुला गरेको ऋणपत्रमा माग अनुसारको आवेदन नपरेपछि भदौ ३१ गतेसम्मका लागि आवेदन दिने समय थप गरेको हो ।

कुमारी बैंकले भदौ १७ गतेबाट प्रतिइकाई १ हजार रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ । ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको केबीएल डिबेन्चर २०८९ नाममा ऋणपत्र जारी गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । ऋणपत्रमा सी-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: