×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्री खुला, ३५ दिनभित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कुमारी बैंकको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्री खुला, ३५ दिनभित्र आवेदन दिनुपर्ने

Artha Sarokar

२६ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैंकले संस्थापक समुहको  सेयर बिक्री खुला गरेको छ । बैंकका २ जना संस्थापक सेयरधनीहरुले आज भदौ २६ गते आइतबारदेखि आफ्नो स्वामित्वमा रहेको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् ।

बैंकका संस्थापक सेयरधनी महेश सिंहले १७ हजार ९३२ र ललित बहादुर के.सी.ले १ हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । सेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ । उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आइतबारबाट ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौँमा निवेदन पेश गर्नुपर्नेछ । उक्त समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी